default_image

3 years ago

November 1, 2020

ज्लाटन चम्कँदा मिलान शीर्षस्थानमा

एजेन्सी – भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचले एक गोल र अर्काे गोलको लागि असिस्ट दिएपछि उडिनेजीमाथि संघर्षपूर्ण जित निकाल्दै एसी मिलान इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ । अपराजित रहेको मिलानले उडिनेजीमाथि उसकै मैदानमा २–१ को संघर्षपुर्ण जित निकालेको हो । मिलानको जितमा फ्रान्क केससिइ र ज्लाटन इब्राहिमोभिचले गोल गरे । घरेलु टोलीका रोड्रिगो डि […]

41 views

0 Bookmark

एजेन्सी – भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचले एक गोल र अर्काे गोलको लागि असिस्ट दिएपछि उडिनेजीमाथि संघर्षपूर्ण जित निकाल्दै एसी मिलान इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ ।

अपराजित रहेको मिलानले उडिनेजीमाथि उसकै मैदानमा २–१ को संघर्षपुर्ण जित निकालेको हो । मिलानको जितमा फ्रान्क केससिइ र ज्लाटन इब्राहिमोभिचले गोल गरे । घरेलु टोलीका रोड्रिगो डि पलले एक गोल फर्काए ।

युडिन इटालीमा आइतबार साँझ भएको खेलमा मिलानले खेलको १८औं मिनेटमा फ्रान्कको गोलबाट अग्रता लिएको थियो । ज्लाटनले क्रसबाट आएको पासलाई उत्कृष्ट नियन्त्रणमा लिदै दिएको पासमा केससिइले सुन्दर फिनिस गरेका थिए ।

४८औं मिनेटमा घरेलु टोलीले बराबरी गोल फर्कायो । पेनाल्टी बक्समा एलेसियो रोमागनोलीले इग्नासियो पुस्सेट्टोलाई लडाएपछि प्राप्त पेनाल्टीमा मिलानका गोलरक्षक जियानलुजी डोन्नररुम्माले सही दिशामा डाइभ दिएपनि रोड्रिगो गोल गर्न सफल भए ।

निर्धारित समयको खेल सकिन ७ मिनेट बाँकी रहँदा ज्लाटनले गोल गर्दै मिलानलाई २–१ को जित दिलाए । एन्टी रेविकको क्रसलाई सेवास्टिन डि माइयोले क्लियर गर्न नसकेको बललाई ज्लाटनले ओभर हेड किकमा गरेको प्रहारले पोस्टको दिशा लिएको थियो ।

यो जितसँगै मिलान ६ खेलबाट १६ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । अपराजित रहेको मिलानले ५ जित र एक बराबरी खेलेको छ । पराजित उडिनेजी ३ अंक जोडेर १८औं स्थानमा रहेको छ । समान ६ खेलबाट नेपोली १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.