default_image

3 years ago

November 2, 2020

आर्सनलसँग युनाइटेडको हार

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब आर्सनलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । आर्सनलले युनाइटेडलाई उसकै मैदानमा १–० ले पराजित गरेको हो । आर्सनलको जितमा कप्तान पिएर इमिरिक औवामियाङले दोस्रो हाफमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । ओल्ड ट्राफोर्डमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलको २१औं मिनेटमा मार्कुु रासफोर्डको पासमा मासन ग्रीनवुडको प्रहारलाई आर्सनलका […]

37 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब आर्सनलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । आर्सनलले युनाइटेडलाई उसकै मैदानमा १–० ले पराजित गरेको हो ।

आर्सनलको जितमा कप्तान पिएर इमिरिक औवामियाङले दोस्रो हाफमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो ।

ओल्ड ट्राफोर्डमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलको २१औं मिनेटमा मार्कुु रासफोर्डको पासमा मासन ग्रीनवुडको प्रहारलाई आर्सनलका गोलक्षक बन्ड लेनोले बचाए । ३९औं मिनेटमा विलियन र पिएर इमिरिक औवामियाङको समन्वयमा बनेको मुभमा गरेको प्रहार बारमा लागेर बाहिरिदा आर्सनल अग्रता लिनबाट चुक्यो ।

४४औं मिनेटका बुकायो साकाले फ्रि हेडरमार्फत उपलब्ध गराएको पासलाई हेक्टर बेलेरलिनले सदुपयोग गर्न सकेन । ५२औं मिनेटमा एलसान्द्रे लाकाजेटको पासमा औवामियाङको प्रहारलाई युनाइटेडका गोलरक्षक डेभिड हे गेयाले बचाए ।

६९औं मिनेटमा आर्सनलले पेनाल्टीमार्फत अग्रता लिन सफल भयो । पल पोग्वाले पेनाल्टी बक्समा हेक्छर बेरेललिनलाई लडाएपछि रेफ्रीले आर्सनललाई सिधै पेनाल्टी दिएको थियो । जसमा औवामियाङ चुकेनन् । ८५औं मिनेटमा डोनी भान डि बिकको प्रहार गोलरक्षक लेनो पोजिसनमा नरहँदा मोहम्मेद इलनिनीलाई डिफ्लेक्ट हुदै पोस्टमा लागेर फर्किदा युनाइटेड बराबरीबाट चुक्यो ।

रिवाउन्डमा प्रयास भएपनि सदुपयोग हुन सकेन । युनाइटेडले बल पोजेसनमा पकड बनाएपनि आर्सनलको पोस्टमा गलिो आक्रमण बुन्न सकेन ।

जितसँगै आर्सनल ७ खेलबाट १२ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । पराजित युनाइटेड ६ खेलबाट ७ अंक जोडेर १५औं स्थानमा रहेको छ । प्रिमियर लिगमा युनाइटेडको यो तेस्रो हार हो ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.