default_image

3 years ago

November 2, 2020

न्युक्यासलसँग एभर्टनको हार

एजेन्सी – शुरुवाती चरणमा उच्च प्रदर्शन गरिरहेको एभर्टनले इंग्लिस प्रिमियर लिगमा लगातार दोस्रो हार बेहोरेको छ । छैटौ चरणको खेलमा साउथह्याम्टनसँग पराजित भएको एभर्टन सातौ चरणको खेलमा न्युक्यासलसँग २–१ ले पराजित भएको हो । लगातार दोस्रो हार बेहोरेसँगै एभर्टनले शीर्षस्थानमा उक्लने मौकासमेत गुमाएको छ । न्युक्यासलमाथ जित निकाल्न सकेको भए एभर्टनले लिभरपुलसँग समान अंक (१६) […]

47 views

0 Bookmark

एजेन्सी – शुरुवाती चरणमा उच्च प्रदर्शन गरिरहेको एभर्टनले इंग्लिस प्रिमियर लिगमा लगातार दोस्रो हार बेहोरेको छ ।

छैटौ चरणको खेलमा साउथह्याम्टनसँग पराजित भएको एभर्टन सातौ चरणको खेलमा न्युक्यासलसँग २–१ ले पराजित भएको हो । लगातार दोस्रो हार बेहोरेसँगै एभर्टनले शीर्षस्थानमा उक्लने मौकासमेत गुमाएको छ । न्युक्यासलमाथ जित निकाल्न सकेको भए एभर्टनले लिभरपुलसँग समान अंक (१६) बराबरी गर्दै गोल अन्तरमा शीर्षस्थानमा उक्लने अवसर रहेको थियो ।

यो हारले एभर्टन तेस्रो स्थानमा खुम्चिएको छ । एभर्टनको १३ अंक छ । दोस्रो स्थानमा रहेको टोटेनहम हस्टपरको १४ तथा शीर्षस्थानको लिभरपुलको १६ अंक छ । न्युक्यासल ११ अंक जोडेर ११औं स्थानमा रहेको छ ।

सेन्ट जेम्स पार्कमा आइतबार साँझ भएको खेलमा न्युक्यासलो जितमा दुवै गोल कलुम विल्सनले गोल गरे । अन्तिम समयमा डोमिनिक काल्भर्ट लेविनले गोल गरेपनि एभर्टनको हार टार्न सकेन । प्रतिस्पर्धात्मक पहिलो हाफमा गोलरहित बराबरीमा सकिदा दोस्रो हाफमा सबै तीन गोल सम्भव भएको थियो ।

५६औं मिनेटमा कलुम विल्सनले पेनाल्टीमा गोल गर्दै न्युक्यासललाई अघि बढाए । ८४औं मिनेटमा विल्सनले नै व्यक्तिगत दोस्रो गोल गर्दै एभर्टनको अग्रता दोब्बर पारे । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा लेविनले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याएपनि हार टार्न सकेन ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.