default_image

3 years ago

November 3, 2020

लिड्समाथि लेस्टरको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले लिड्स युनाइटेडमाथि सानदार जित हात पारेको छ । लेस्टरले लिड्सलाई उसकै मैदानमा ४–१ ले हराएको हो । लेस्टरको जितमा युरी टिलेमान्सले दुई तथा हार्भे बार्नेस र जेमी भार्डीले समान एक गोल गरे । घरेलु टोलीका स्टुआर्ट डालासले एक गोल फर्काए । खेलको दोस्रो मिनेटमा नै हार्भे बार्नेसको गोलबाट […]

38 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले लिड्स युनाइटेडमाथि सानदार जित हात पारेको छ । लेस्टरले लिड्सलाई उसकै मैदानमा ४–१ ले हराएको हो ।

लेस्टरको जितमा युरी टिलेमान्सले दुई तथा हार्भे बार्नेस र जेमी भार्डीले समान एक गोल गरे । घरेलु टोलीका स्टुआर्ट डालासले एक गोल फर्काए । खेलको दोस्रो मिनेटमा नै हार्भे बार्नेसको गोलबाट लेस्टरले अग्रता लिएको थियो । उनले जेमी भार्डीको पासलाई सदुपयोग गरेका थिए ।

२१औं मिनेटमा युरी टिलेमान्सले गोल गर्दै लेस्टरलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । ४८औं मिनेटमा घरेलु टोलीका स्टुआर्ट डालासले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।

७६औं मिनेटमा जेमी भार्डीले सेन्गिज अन्डरको पासमा गोल गर्दै लेस्टरको जित पक्का गरे । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा युरी टिलेमान्सले पेनाल्टीमा गोल गर्दै लेस्टरलाई ४–१ को फराकिलो जित दिलाए ।

जितसँगै लेस्टर सिटी दोस्रो स्थानमा उक्लिएको छ । लेस्टरको ७ खेलबाट १५ अंक पुगेको छ । समान खेलबाटै शीर्षस्थानको लिभरपुलको १६ अंक रहेको छ । पराजित लिड्स १० अंकसहित १२औं स्थानमा यथावत छ ।

प्रिमियर लिगकै अर्काे खेलमा फुलहमले वेस्टब्रुममाथि २–० को सहज जित हात पारेको छ । फुलहमको जितमा बोबी रेइड र ओला एयनाले गोल गरे । पहिलो जितपाएको फुलहम ४ अंक जोडेर १७औं स्थानमा छ । बेस्टब्रुम ३ अंकसहित १८औं स्थानमा छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.