default_image

3 years ago

November 4, 2020

घरेलु मैदानमा साख्तरको लज्जास्पद हार

एजेन्सी – फ्रान्सेली फरवार्ड एलेसन प्लेयाको ह्याट्रिकमा यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार भएको समूह बी को खेलमा बोरुसिया मोन्चेनग्लाडबाकले साख्तर डोनेस्कलाई ६-० को फराकिलो अन्तरले पराजित गरेको छ । फरवार्ड प्लेयाले ह्याट्रिकसहित १ असिस्ट दिँदै उत्कृष्ट प्रदर्शन गरेपछि पाहुना टोलीले सहज जित हासिल गरेको हो । यस जितसँगै बोरुसिया अंक तालिकाको शीर्षस्थानमा उक्लन सफल रहयो । आक्रामक फुटबल खेल्दै आएको […]

40 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली फरवार्ड एलेसन प्लेयाको ह्याट्रिकमा यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार भएको समूह बी को खेलमा बोरुसिया मोन्चेनग्लाडबाकले साख्तर डोनेस्कलाई ६-० को फराकिलो अन्तरले पराजित गरेको छ ।

फरवार्ड प्लेयाले ह्याट्रिकसहित १ असिस्ट दिँदै उत्कृष्ट प्रदर्शन गरेपछि पाहुना टोलीले सहज जित हासिल गरेको हो । यस जितसँगै बोरुसिया अंक तालिकाको शीर्षस्थानमा उक्लन सफल रहयो । आक्रामक फुटबल खेल्दै आएको जर्मन टोलीले पहिलो हाफमा नै ४-० को अग्रता लिएको थियो ।

फरवार्ड प्लेयाले खेलको आठौँ मिनेटमा नै गोलको खाता खोलेका थिए । उनले स्टेफान लाइनरको क्रसलाई पेनाल्टी क्षेत्र भित्रबाट गोलमा परिणत गरेका थिए । १७ औं मिनेटमा साख्तारका भालेरी बोनदारले आत्मघाती गोल गरेपछि ग्लाडबाक २-० ले अघि बढ्यो ।

२६ औं मिनेटमा प्लेयाले लार्स स्तिन्दलको पासलाई सदुपयोग गर्दै व्यक्तिगत दोस्रो गोल गरे । पहिलो हाफको अन्तिम मिनेटमा पाहुना टोलीले अग्रता थप फराकिलो पार्यो । कर्नरमा आएको बल क्लियर हुन नसक्दा रामी बेन्सेबैनीले गोल गर्दै ४-० को अग्रता दिलाए ।

दोस्रो हाफमा साख्तरले तीन खेलाडी परिवर्तन गरेपनि खेलमा फर्कने कुनै संकेत दिन सकेन । ६५ औं मिनेटमा प्लेयाको पासमा स्तिन्दलले गोल गर्दै खेललाई ५-० को स्थितिमा पुर्याए । ७६ औं मिनेटमा प्लेयाले ह्याट्रिक पूरा गरे । उनले मार्कस ठुरामको पासमा गरेको गोलमा रेफ्रीले भीएआरको सहायता लिएपनि गोल मान्य भएको थियो ।

यस जितसँगै जर्मन टोली समूहको अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । अपराजित रहेको ग्लाडबाकको ३ खेलमा ५ अंक छ । समान ४-४ अंक जोडेपनि हेड टु हेडमा साख्तरले रियललाई उछिनेको छ । पुछारमा रहेको इन्टरको मात्र २ अंक छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.