default_image

3 years ago

November 4, 2020

रियल म्याड्रिडद्वारा इन्टर पराजित

एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिडले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार समूहको तेस्रो खेलमा इन्टर मिलानलाई ३-२ ले पराजित गरेको छ । एक समय २-० ले अघि रहेको म्याड्रिडविरुद्ध इन्टरले उत्कृष्ट पुनरागमन गर्दै खेल २-२ को बराबरीमा ल्याएको थियो । तर वैकल्पिक खेलाडीद्वय रोड्रीगो गोएस र भिनिसियस जुनिअरको जोडीले रियललाई च्याम्पियन्स लिग सिजनको पहिलो जित […]

48 views

0 Bookmark

एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिडले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार समूहको तेस्रो खेलमा इन्टर मिलानलाई ३-२ ले पराजित गरेको छ ।

एक समय २-० ले अघि रहेको म्याड्रिडविरुद्ध इन्टरले उत्कृष्ट पुनरागमन गर्दै खेल २-२ को बराबरीमा ल्याएको थियो । तर वैकल्पिक खेलाडीद्वय रोड्रीगो गोएस र भिनिसियस जुनिअरको जोडीले रियललाई च्याम्पियन्स लिग सिजनको पहिलो जित दिलाए । रियलले करीम बेन्जेमा र कप्तान सर्जियो रामोसको गोलमा अग्रता लिएको थियो । इन्टरका लागि लौटारो मार्टिनेज र इभान पेरिसिचले गोल गरे ।

घरेलु टोली रियलले खेलको २५ औं मिनेटमा बेन्जेमाको गोलमा अग्रता लिएको थियो । यसै सिजनको सुरुवातमा रियल छाडेर इन्टर पुगेका डिफेन्डर अक्रफ हाकिमीको गलत पासलाई नियन्त्रणमा लिँदै बेन्जेमाले पेनाल्टी क्षेत्रभित्र गोलरक्षकलाई छलाउँदै खाली पोस्टमा गोल गरेका थिए ।

३३ औं मिनेटमा कप्तान सर्जियो रामोसको गोलसँगै रियलले अग्रता दोब्बर पार्यो । टोनी क्रुसको कर्नरमा हेडरमार्फत गोल गर्दै रामोसले रियललाई बलियो स्थितिमा पुर्याएका थिए । तर त्यसको दुई मिनेट नबित्दै इन्टरले गोल फर्कायो । अर्जेन्टिनी फरवार्ड लौटारो मार्टिनेजले निकोलो बरेल्लाको पासलाई सदुपयोग गर्दै खेललाई २-१ को स्थितिमा ल्याए ।

दोस्रो हाफको ६८ औं मिनेटमा इन्टरले इभान पेरिसिचको गोलमा खेल बराबरीमा ल्यायो । मार्टिनेजले हेडरमार्फत दिएको पासलाई पेरिसिचले पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै दुई डिफेन्डरको बीचबाट गरेको प्रहार गोलरक्षक कोर्टुवाले बचाउन सकेनन् । बराबरी भएलगत्तै अर्कोतर्फ टोनी क्रुसले गरेको प्रहार गोलरक्षक समिर हान्दानोभिचले विफल पारेका थिए ।

७५ औं मिनेटमा मार्टिनेजले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारमा गोलरक्षक कोर्टुवा बिट भएपनि क्रसबारमा लाग्दै बल बाहिरिएको थियो । लगत्तै मार्टिनेजकै पासमा पेरिसिचको प्रहार पोस्टभन्दा थोरैले बाहिरियो ।

८० औं मिनेटमा रियलले रोड्रीगो गोएसको गोलमा पुन: अग्रता लियो । भिनिसियस जुनियरले दिएको लो क्रसलाई रोड्रीगोले पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै गरेको प्रहार गोलमा परिणत भएको थियो । ८३ औं मिनेटमा बेन्जेमाले अग्रता दोब्बर पर्ने सुवर्ण अवसर खेर फाले । काउन्टर अट्याकमा लुका मोड्रीचले दिएको क्रसलाई खाली पोस्टतर्फ प्रहार गर्ने क्रममा बेन्जेमाको प्रहार आफ्नै हातमा लाग्न पुगेको थियो ।

सिजनको पहिलो जितसँगै रियलले ३ खेलमा ४ अंक जोडेको छ । अपराजित रहेको बोरुसिया मोन्चेनग्लाडबाकको ३ खेलमा ५ अंक छ । समान ४-४ अंक जोडेपनि हेड टु हेडमा साख्तरले रियललाई उछिनेको छ । पुछारमा रहेको इन्टरको मात्र २ अंक छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.