default_image

3 years ago

November 6, 2020

राष्ट्रिय टोलीमा बेलको पूनरागमन

एजेन्सी – कप्तान तथा फरवार्ड ग्यारेथ बेलले वेल्सको राष्ट्रिय टोलीमा पूनरागमन गरेका छन् । नोभेम्वरको तीन अन्तर्राष्ट्रिय खेलका लागि वेल्सले २९ सदस्यीय टोलीमा कप्तान ग्यारेथ बेललाई टोलीमा समेटेको हो । चोटका कारण बेलले अक्टोवरमा भएको तीन खेल (इंग्ल्यान्ड, आयरल्यान्ड र बुल्गेरिया) विरुद्धको खेल गुमाएका थिए । चोटका कारण पहिलो रोजाईका गोलरक्षक वेने हेन्नेसी र अर्का […]

47 views

0 Bookmark

एजेन्सी – कप्तान तथा फरवार्ड ग्यारेथ बेलले वेल्सको राष्ट्रिय टोलीमा पूनरागमन गरेका छन् । नोभेम्वरको तीन अन्तर्राष्ट्रिय खेलका लागि वेल्सले २९ सदस्यीय टोलीमा कप्तान ग्यारेथ बेललाई टोलीमा समेटेको हो ।

चोटका कारण बेलले अक्टोवरमा भएको तीन खेल (इंग्ल्यान्ड, आयरल्यान्ड र बुल्गेरिया) विरुद्धको खेल गुमाएका थिए । चोटका कारण पहिलो रोजाईका गोलरक्षक वेने हेन्नेसी र अर्का गोलरक्षक एडाम डाभिस नभएपनि वेल्स नेसन्स लिग ‘बी’ मा तीन जित र एक बराबरीसहित शीर्षस्थानमा रहेको छ ।

यस्तै ४६ वर्षीय प्रशिक्षक गिग्सको अनुपस्थितिमा रोब पेजले टोलीको प्रशिक्षण जिम्मेवारी सम्हाल्नेछन् । गिग्सलाई आफ्नै प्रेमिकाले दुर्व्यवहारको उजुरी हालेपछि वेल्सले उनलाई यस खेलका लागि विश्राम दिएको छ । उनले आफ्नो कुनै गल्ति नरहेको बताएका छन् ।

वेल्सले ओवेन फोन विलियम्स र टम किङलाई पनि टोलीमा समोवश गरेको छ । यस्तै टोम लकयर र जेम्स लरेन्सलाई टोलीमा समेट्दा जोस सिहानले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । टोम लेरेन्सले शल्यक्रियाको एक वर्षपछि राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका हुन् ।

वेल्सले १२ नोभेम्वरमा अमेरिकासँग मैत्रीपुर्ण खेल खेल्नेछ । त्यसपछि १५ नोभेम्वरमा घरेलु मैदानमा रिपब्लिक अफ आयरल्यान्ड र १८ नोभेम्वरमा फिनल्यान्डसँग नेसन्स लिगमा प्रतिस्पर्धा गर्दैछ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.