default_image

3 years ago

November 7, 2020

हाजार्ड र क्यासेमिरोलाई कोरोना संक्रमण

एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिडका विंगर इडेन हाजार्ड र मिडफिल्डर क्यासेमिरोलाई कोरोना संक्रमण भएको छ । स्पेनिस क्लबले शनिबार विज्ञप्ति जारी गर्दै हाजार्ड र क्यसेमिरोलाई संक्रमण भएको पुष्टि गरेको हो । क्लबका अन्य खेलाडी र कर्मचारी सदस्यको भने रिपोर्ट नेगेटिभ आएको जनाएको छ । अघिल्लो दिन गरिएको परिक्षणमा हाजार्ड र क्यासेमिरोमा पोजेटिभ देखिएपछि आज […]

50 views

0 Bookmark

एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिडका विंगर इडेन हाजार्ड र मिडफिल्डर क्यासेमिरोलाई कोरोना संक्रमण भएको छ ।

स्पेनिस क्लबले शनिबार विज्ञप्ति जारी गर्दै हाजार्ड र क्यसेमिरोलाई संक्रमण भएको पुष्टि गरेको हो । क्लबका अन्य खेलाडी र कर्मचारी सदस्यको भने रिपोर्ट नेगेटिभ आएको जनाएको छ । अघिल्लो दिन गरिएको परिक्षणमा हाजार्ड र क्यासेमिरोमा पोजेटिभ देखिएपछि आज विहान भएको परिक्षणमा यी दुई बाहेक सबैको रिपोर्ट नेगेटिभ नै आएको छ ।

मंगलबार भएको खेलमा इन्टर मिलानलाई ३-२ ले पराजित गरेको रियल लिग खेलको तयारीमा रहेको थियो । रियलले आइतबार हुने खेलमा भ्यालेन्सियाको सामना गर्ने तालिका रहेको छ । लिग तालिकाको दोस्रो स्थानमा रहेको म्याड्रिड टोली सोसीडाडभन्दा १ अंकले पछाडी छ ।

लामो समय चोटका कारण बाहिर रहेका विंगर हाजार्ड बिस्तारै लय समात्ने संकेत दिइरहेको अवस्थामा कोरोना संक्रमणका कारण अब केहि समय मैदानबाहिर रहने भएका छन् । जिदानलाई उनको स्थानमा खेलाउन पर्याप्त विकल्प छन् । क्यासेमिरोको विकल्पमा भने उचित खेलाडी नरहेकाले टोलीलाई केहि असर पर्न सक्छ ।

लिगमा भ्यालेन्सियाको सामना गरेपछि अन्तर्राष्ट्रिय ब्रेक भएकाले पनि म्याड्रिडलाई खासै असर पर्ने देखिन्न । हाजार्डले बेल्जियम र क्यसेमिरोले ब्राजिलबाट यस पटकको खेलहरु भने गुमाउने सम्भावना छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.