default_image

3 years ago

November 8, 2020

केनको गोलमा टोटेनहमको जित

एजेन्सी – फरवार्ड ह्यारी केनले खेलको अन्त्यतिर गरेको एकमात्र गोलमा टोटेनहम हट्सपरले वेस्ट ब्रोमविच आल्बियनलाई १-० ले पराजित गरेको छ । फरवार्ड केनले खेलको ८८ औं मिनेटमा म्याट डोहर्टीको क्रसलाई हेडरमार्फत गोल गर्दै खेल जिताएका थिए । केनले यस गोलसँगै प्रिमियर लिगमा १ सय ५० गोल पूरा गरेका छन् । केनले २ सय १८ खेलमा […]

39 views

0 Bookmark

एजेन्सी – फरवार्ड ह्यारी केनले खेलको अन्त्यतिर गरेको एकमात्र गोलमा टोटेनहम हट्सपरले वेस्ट ब्रोमविच आल्बियनलाई १-० ले पराजित गरेको छ ।

फरवार्ड केनले खेलको ८८ औं मिनेटमा म्याट डोहर्टीको क्रसलाई हेडरमार्फत गोल गर्दै खेल जिताएका थिए । केनले यस गोलसँगै प्रिमियर लिगमा १ सय ५० गोल पूरा गरेका छन् । केनले २ सय १८ खेलमा यो उपलब्धि हासिल गरेका हुन् । एलन सिएरर र सर्जियो अगुएरो मात्र उनीभन्दा चाडो १ सय ५० गोल पूरा गर्ने सुचिमा छन् ।

केनको गोलअघि टोटेनहमले खेलमा पकड जमाएपनि गोल गर्न भने सकेको थिएन । पहिलो हाफमा दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले अवसर सदुपयोग गर्न सकेका थिएनन् । दोस्रो हाफमा केनकै क्रसमा ग्यारेथ बेलले गोल गर्न नसक्दा मोउरिन्होको टोलीले संघर्ष गरेको थियो ।

यस जितसँगै टोटेनहम अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । टोलीको ७ खेलमा १७ अंक छ । वेस्ट ब्रोम भने ३ अंकसाथ १८ औं स्थानमा रहेको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.