default_image

3 years ago

November 12, 2020

अनि मेस्सी मुस्कुराए

एजेन्सी – बार्सिलोनाको जति बेला प्रसंग चल्छ त्यहाँ लिओनल मेस्सीको चर्चा स्वभाविक रुपमा हुन्छ नै । ला लिगामा शनिबार बार्सिलोनाको जितमा मेस्सी नै केन्द्रमा रहे । पहिलो रोजाईमा नपरेका मेस्सी दोस्रो हाफमा केन्द्रमा रहेका थिए । उनले उच्च प्रदर्शनबाट प्रेरित टोलीले रियल बेटिसलाई ५–२ ले हराएको थियो । जबकी मेस्सी विना पहिलो हाफ १–१ को […]

49 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाको जति बेला प्रसंग चल्छ त्यहाँ लिओनल मेस्सीको चर्चा स्वभाविक रुपमा हुन्छ नै । ला लिगामा शनिबार बार्सिलोनाको जितमा मेस्सी नै केन्द्रमा रहे ।

पहिलो रोजाईमा नपरेका मेस्सी दोस्रो हाफमा केन्द्रमा रहेका थिए । उनले उच्च प्रदर्शनबाट प्रेरित टोलीले रियल बेटिसलाई ५–२ ले हराएको थियो । जबकी मेस्सी विना पहिलो हाफ १–१ को बराबरीमा थियो ।

बेटिससँगको खेल अघि बार्सिलोनाले ४ खेलमा जित हासिल गर्न सकेको थिएन । जहाँ मेस्सीको प्रदर्शन पनि कमजोर भएको हो कि भन्ने शंका गरिएको थियो । शनिबार मेस्सीले समर्थकको एउटा प्रशंसाले उनी मुस्कुराएका थिए ।

यो सिजन ला लिगामा बार्सिलोनाको सुरुवात सन्तोषजनक हुन सकेको थिएन । मेस्सीकै खेल जीवनका बारेमा पनि व्यापक चर्चा भएको थियो । सिजनको सुरुवातमा उनी क्लब छाड्न चाहन्थे । तर, क्लब त्यसका लागि तयार भएन ।

क्लबसँग विवादमा जानु भन्दा कम्तीमा यो सिजनको अन्त्यसम्म बार्सिलोनामै रहने मेस्सीले निर्णय गरेपनि तत्कालको विवाद टरेको थियो । बेटिसविरुद्धको खेलमा उनले २ गोल गरे । त्यसअघिका  खेलमा भने यो सिजन उनले क्षमता अनुसारको प्रदर्शन गर्न नसकेको आरोप लागेको छ ।

बेटिससँगको उत्कृष्ट खेलपछि कार निकाल्ने क्रममा समर्थकले प्रशंसा गर्दा उनी खुसी देखिएका थिए । समर्थकले भने, ‘मलाई तिमी मनपर्छ । म तिमीलाई आफ्नो बुबालाई भन्दा बढी माया गर्छु,’ अनि मेस्सी मुस्कुराए ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.