default_image

3 years ago

November 12, 2020

फ्रान्स फिनल्यान्डसँग स्तब्ध

एजेन्सी – विश्वविजेता फ्रान्स अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा मैत्रीपुर्ण खेलमा फिनल्यान्डसँग स्तब्ध बनेको छ । फ्रान्स घरेलु मैदानमा फिनल्यान्डसँग २–० ले स्तब्ध बनेको हो । यससँगै फ्रान्सको अपराजित यात्रामा पुर्णविराम लागेको छ । २०१९ मा भएको युरो छनोटमा टर्कीसँग २–० ले पराजित भएयता फ्रान्स पछिल्लो १२ खेलमा अपराजित रहेको थियो । यस क्रममा फ्रान्सले १० जित […]

121 views

0 Bookmark

एजेन्सी – विश्वविजेता फ्रान्स अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा मैत्रीपुर्ण खेलमा फिनल्यान्डसँग स्तब्ध बनेको छ । फ्रान्स घरेलु मैदानमा फिनल्यान्डसँग २–० ले स्तब्ध बनेको हो ।

यससँगै फ्रान्सको अपराजित यात्रामा पुर्णविराम लागेको छ । २०१९ मा भएको युरो छनोटमा टर्कीसँग २–० ले पराजित भएयता फ्रान्स पछिल्लो १२ खेलमा अपराजित रहेको थियो । यस क्रममा फ्रान्सले १० जित र २ बराबरीको नतिजा निकालेको छ । फ्रान्स टर्कीसँग १–१ गोलको तथा पोर्चुगलसँग गोलरहित बराबरी खेलेको थियो ।

स्टेट डि फ्रान्स पेरिसमा बुधबार राति भएको खेलमा घरेलु टोलीलाई स्तब्ध पार्न फिनल्यान्डका मार्कुस फोर्स र ओन्नी भालाकारीले गोल गरे । फिनल्ल्यान्डले पहिलो हाफमा चार मिनेटको अन्तरमा दुई गोल गर्दै जित पक्का गरेका थिए ।

खेलको छैटौ मिनेटमा नै लुकास डिग्नेको क्रस पासलाई ओलिभर जिरुउडले भेट्न नसक्दा फ्रान्स अग्रता लिनबाट चुक्यो । १५औं मिनेटमा लुकास डिग्नेकै पासमा माकुर्स थुरामको प्रहार बारमा लागेर फर्कदा जिरुउडको हेडरलाई गोलरक्षक जेसे जोरेनेनले बचाए । लगत्तै थुरामको अर्काे प्रहारमा गोलरक्षक जोरेनेन नै बाधक बने ।

२१औं मिनेटमा विसाम विन यडरको प्रहारलाई डिफेन्डरले ब्लक गरिदिए । फ्रान्ससँग लगातार दवाव झेलेको फिनल्यान्डले २८औं मिनेटमा मार्कुस फोर्सले गोल गर्दै अग्रता लिन सफल भयो ।

उनले रसमस कार्जालाइनेनको पासमा गोल गर्न सफल भएका थिए । फिनल्यान्डले फ्रान्सको पोस्टमा पहिलो आक्रमण बुन्दै गोल गर्न सफल भएको थियो । ३१औं मिनेटमा ओन्नी भालाकारीले जोनी काउकोको पासमा गोल गर्दै फिनल्यान्डलाई २–० ले अघि बढाए ।

दोस्रो हाफमा पनि घरेलु टोलीले फिनल्यान्डमाथि लगातार दवाव सिर्जना गरेपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो । ६२औं मिनेटमास्टेभेन एनजोन्जीको फ्लिक हेडर बाहिरिदा फ्रान्स गोल अन्तर घटाउनबाट चुक्यो ।

७५औं मिनेटमा एन्टोइन ग्रिजमनको कर्नरमा कोर्ट जोउमाको हेडरलाई जेसे जोरेनेनले बचाए । ७९औं मिनेटमा एन्थोनी मार्सियल चुके । इन्ज्युरी समयमा मार्कुस थुराम र मार्सियलको समन्वयमा आकर्षक मुभ बनेपनि जेसे जोरेनेन बाधक बन्दा फ्रान्स पराजित हुन पुग्यो ।

चोटका कारण मुख्य फरवार्ड केलियन एमबाप्पेविनै मैदान उत्रदा फ्रान्सको अग्रपङ्ति केही फितलो देखिएको थियो । प्रशिक्षक डिडियर डेसच्याम्पले फिनल्यान्डविरुद्ध अधिकांश नयाँ खेलाडीलाई मौका दिदा फ्रान्स फिक्का देखिएको थियो ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.