default_image

3 years ago

November 12, 2020

जर्मनीले चेक रिपब्लिकलाई हरायो

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा जर्मनीले चेक रिपब्लिकमाथि १–० को झिनो जित निकालेको छ । घरेलु मैदानमा जियानलुका वाल्ड्स्मिटले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । रेडबुल एरिना लाइप्जिगमा बुधबार राति भएको खेलमा वाल्ड्स्मिटले खेलको १३औं मिनेटमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाए । उनले फिलिपे म्याक्सको पासमा गोल गरेका थिए । २०औं मिनेटमा एन्टोनिन […]

37 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा जर्मनीले चेक रिपब्लिकमाथि १–० को झिनो जित निकालेको छ । घरेलु मैदानमा जियानलुका वाल्ड्स्मिटले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।

रेडबुल एरिना लाइप्जिगमा बुधबार राति भएको खेलमा वाल्ड्स्मिटले खेलको १३औं मिनेटमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाए । उनले फिलिपे म्याक्सको पासमा गोल गरेका थिए । २०औं मिनेटमा एन्टोनिन बराकको क्रसमा फिलिप नोभाकको प्रहार बाहिरिदा चेक बराबरीबाट चुक्यो ।

४२औं मिनेटमा फ्लोरियन नेउहउसको पासमा नादिम एमिरीले वान भर्सेस वानकै अवस्थामा गोलरक्षक जिरी पाभलेन्कालाई बिट गर्न नसक्दा जर्मनी अग्रता दोब्बर पार्नबाट चुक्यो । ६०औं मिनेटमा जर्मनीका मामुद दाहुदको प्रहार बाहिरियो ।

७७औं मिनेटमा फ्लोरियन नेउहउस चुके । ८२औं मिनेटमा जाकुव जान्टटु चुक्दा चेक रिपब्लिक बराबरीबाट चुक्यो । त्यसपछि थप गोल निस्कन नसक्दा जर्मनी १–० ले विजयी हुन सफल भयो ।

मैत्रीपूर्ण खेलपछि नेसन्स लिग ‘ए’ ४ मा रहेको जर्मनीले युक्रेन र स्पेनसँग प्रतिस्पर्धा गर्दैछ । जर्मनी ६ अंकसहित दोस्रो स्थानमा छ । नेसन्स लिग ‘बी’ मा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको चेक रिपब्लिककले इजरायल र स्लोभाकियासाग प्रतिस्पर्धा गर्दैछ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.