9 years ago
September 14, 2016
हाम्रो खेलकुद – च्याम्पियन्स लिग अन्तर्गत समुह चरणको खेलमा बार्सिलोनाले सेल्टिकलाई ७-०को फराकिलो अन्तरले पराजित गरेको छ।

Barcelona’s Lionel Messi, center, celebrates with his teammates Luis Suarez, right, and Neymar after scoring his side’s fifth goal during a Champions League, Group C soccer match between Barcelona and Celtic, at the Camp Nou stadium in Barcelona, Spain, Tuesday, Sept. 13, 2016. (AP Photo/Manu Fernandez)
समुह ‘ग’ को पहिलो खेलमा लियोनल मेस्सीको तेश्रो मिनेटको गोलले बार्सा अघि बढेको थियो। सेल्टिकले २४औं मिनेटमा पेनाल्टि पाएर खेललाई बराबरीमा ल्याउने मौका पाए पनि मुसा डेम्बेलेले उक्त मौका खेर फालेका थिए।
बार्सिलोना त्यसपछि रोकिएन र मेसिको ह्याट्रिक सहित ७-०को जित दर्ता गर्यो। लुइस सुआरेजले दुई गोल गरे भने नेयमार र इनिएस्टाले एक एक गोल थपेका थिए।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]