default_image

3 years ago

November 12, 2020

विश्वकप छनोटको खेल मार्च र जुनमा

काठमाडौं (हाम्रो खेलकुद) – एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले कतार विश्वकप २०२२ र एसियन कप २०२३ को छनोटको दोस्रो चरणको बाँकी रहेका खेलहरु अर्काे वर्ष जुनमा सक्ने योजना अघि सारेको छ । एएफसीको बुधबार बसेको बैठकले विश्वकप र एसियन कप छनोटका बाँकी खेलहरु जुन १५ सम्म सक्ने निर्णय गरेको हो । विश्वव्यापी बनेको कोरोना महामारीका […]

53 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले कतार विश्वकप २०२२ र एसियन कप २०२३ को छनोटको दोस्रो चरणको बाँकी रहेका खेलहरु अर्काे वर्ष जुनमा सक्ने योजना अघि सारेको छ ।

एएफसीको बुधबार बसेको बैठकले विश्वकप र एसियन कप छनोटका बाँकी खेलहरु जुन १५ सम्म सक्ने निर्णय गरेको हो । विश्वव्यापी बनेको कोरोना महामारीका कारण एसियाली स्तरको विश्वकप र एसियन कपको छनोटका खेलहरु गतवर्षको मसिंरदेखि छनोटका खेलहरु स्थगित छन् ।

कोरोना भाईरसको महामारीको कारण यसअघि अक्टोबर र नोभेम्बरमा तय गरिएको छनोट खेलहरु स्थगित गरिएको थियो । छनोट अन्तर्गत बाँकी रहेको म्याच डे ७ र ८ को खेल मार्चमा हुनेछ । यस्तै म्याच डे ९ र १० को खेल जुनमा हुने एएफसीले जनाएको छ ।

कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब घरेलु मैदानमा तीन खेल खेल्न बाँकी रहेको छ । नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग खेल्न बाँकी छ । नेपालले सबै अवे र एक होम खेल खेलिसकेको छ ।

गतवर्ष नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशाला तयार नभएपछि नेपालले कुवेतविरुद्धको होम गेम ‘न्युट्रल भेन्युको रुपमा भुटानमा खेलेको थियो । खेल नेपालले १–० ले गुमाएको थियो ।

समूह ‘बी’ मा ५ खेलबाट ३ अंक जोडेको नेपाल चौथो स्थानमा रहेको छ । अन्जन विष्टको दुई गोलमा नेपालले चाईनिज ताईपेइलाई २–० ले पराजित गरेको थियो । कुवेतसँग ५–० र १–० पराजित भएको थियो । यस्तै अष्ट्रेलियासँग ५– ले तथा जोर्डनसँग ३–० ले पराजित भएको थियो । समूहमा अष्ट्रेलिया शीर्षस्थानमा रहेको छ ।

छनोटको तयारीमा रहेको नेपाल मैत्रीपूर्ण खेलका लागि बंगलादेशको भ्रमणमा रहेको छ । नेपालले बंगलादेशसँग कात्तिक २८ र मंसिर २ गते ढाकामा मैत्रीपूर्ण खेल खेल्दैछ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.