default_image

3 years ago

November 13, 2020

हामेसले रियल छोड्नु उचित निर्णय

एजेन्सी – कोलोम्बियन मिडफिल्डर हामेस रोड्रीग्वेज रियल म्याड्रिडमा ६ वर्ष लामो यात्राको अन्त्य गर्दै सिजनको सुरुवातमा पूर्व प्रशिक्षक कार्लो एन्सेलोटीको टोली एभर्टनमा आबद्ध भएका थिए । एन्सेलोटीले रोड्रिग्वेजको क्षमता र चाहनालाई राम्ररी बुझ्थे । कोलम्बियन प्ले मेकर पुनः कसरी नियमित खेल्न पाइन्छ भन्ने चाहना राख्थे । २९ वर्षे रोड्रिग्वेज रियलमा जिनेदिन जिदानको रोजाईमा कमै मात्र […]

34 views

0 Bookmark

एजेन्सी – कोलोम्बियन मिडफिल्डर हामेस रोड्रीग्वेज रियल म्याड्रिडमा ६ वर्ष लामो यात्राको अन्त्य गर्दै सिजनको सुरुवातमा पूर्व प्रशिक्षक कार्लो एन्सेलोटीको टोली एभर्टनमा आबद्ध भएका थिए ।

एन्सेलोटीले रोड्रिग्वेजको क्षमता र चाहनालाई राम्ररी बुझ्थे । कोलम्बियन प्ले मेकर पुनः कसरी नियमित खेल्न पाइन्छ भन्ने चाहना राख्थे । २९ वर्षे रोड्रिग्वेज रियलमा जिनेदिन जिदानको रोजाईमा कमै मात्र पर्थे । उनले पछिल्लो सिजन पनि क्लबमा कमै मात्र खेल्न पाए । जसले गर्दा उनी क्लब छाड्न हातारिएका थिए ।

रोड्रिग्वेज नयाँ चुनौतिका लागि तयार थिए र एभर्टन मात्र त्यसका लागि आफू सफल हुनेमा विश्वस्त रहेको एन्सेलोटीले बताए । ‘पहिलो त उनी रियलको दाँजोमा नियमित खेल्न पाउने क्लबको खोजीमा थिए,’ एन्सेलोटीले भने, ‘रियलमा उनले धेरै खेल्न पाएनन् । त्यसैले उनी नयाँ चुनौतीका लागि आतुर थिए । मलाई लाग्छ उनले सहि ठाँउ भेटेका छन् । किनकी उनी मलाई र म उनलाई जान्दछु । क्लबले सुधार चाहेको छ, क्लबको ठूलो योजना छ ।’

हामेसले रियल म्याड्रिड छोड्नु उचित निर्णय रहेको बुझाई धेरैको थियो । आफ्नो क्षमता देखाउनका लागि रोड्रिग्वेज अहिले सहि ठाँउमा पुगेको पनि एन्सेलोटीको बुझाई छ । ‘उनी साच्चै नै क्षमतावान खेलाडी हुन् । उनी मिस पास गर्दैनन् । बल नियन्त्रण गुमाउँदैनन् । सर्ट मिस गर्दैनन्,’ उनले थपे, ‘उनी जटिल फुटबल खेल्दैनन् । सामान्य खेल्छन् ।’

प्रिमियर लिग टोली पुगेयता रोड्रिग्वेजले सबै प्रतियोगिताकामा गरि ८ खेलमा ३ गोल गर्नुका साथै ४ एसिस्ट गरेका छन् । उता रियल म्याड्रिडले भने अपेक्षित प्रदर्शन गर्न नसक्दा जिदानमाथि दिन प्रतिदिन दबाब बढ्दो छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.