हाम्रो खेलकुद – गएराति भएको च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाले सेल्टिकलाई ७-०ले हराउँदा बार्सिलोनाका स्टार लियोनेल मेस्सीले नयाँ रेकर्ड आफ्नो नाम बनाएका छन्।
मेस्सीले बार्साको जितमा गरेको ह्याट्रिक च्याम्पियन्स लिगमा उनले गरेको छैठौं ह्याट्रिक हो। एकै खेलाडीले च्याम्पियन्स लिगमा ६ ह्याट्रिक गरेको यो नै पहिलोपल्ट हो।
मेस्सीले आफ्नो करियरमा ३६ पटक ह्याट्रिक गरिसकेका छन्।