default_image

3 years ago

November 13, 2020

मिनामिनोको गोलमा जापानको जित

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा एसियाली राष्ट्र जापानले पानमालाई हराएको छ । मेर्कर एरिना ग्राजमा शुक्रबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको पानमामाथि जापानले १–० को जित निकालेको हो । जापानको जितमा इंग्लिस क्लब लिभरपुलका फरवार्ड ताकुमी मिनामिनोले पेनाल्टीमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको दोस्रो हाफमा गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलको […]

52 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा एसियाली राष्ट्र जापानले पानमालाई हराएको छ । मेर्कर एरिना ग्राजमा शुक्रबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको पानमामाथि जापानले १–० को जित निकालेको हो ।

जापानको जितमा इंग्लिस क्लब लिभरपुलका फरवार्ड ताकुमी मिनामिनोले पेनाल्टीमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको दोस्रो हाफमा गोल गरेका थिए ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोलका केही अवसर खेर फालेका थिए । खेलको पहिलो मिनेटमा नै ताकेफुसा कुवोको पासमा केन्टो हासिमोटोको प्रहरा बाहिरिदा जापान अग्रता लिनबाट चुकेको थियो ।

छैटौं मिनेटमा ताकुमी मिनामिनो चुके । १०औं मिनेटमा गाब्रियल टोरेसको प्रहारलाई जापानका गोलरक्षक सुइची गोन्डाले बचाए । ६०औं मिनेटमा मिनामिनोले पेनाल्टीमा गोल गर्दै जापानलाई अग्रता दिलाए । पेनाल्टी बक्समा मिनामिनोलाई लडाएपछि प्राप्त पेनाल्टीमा उनी आफैं चुकेनन् ।

७७औं मिनेटमा पानमा १० खेलाडीमा समेटियो । लुइस मेजिया सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिए । त्यसपछि थप गोल निस्कन नसक्दा जापान विजयी हुन सफल भयो ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.