default_image

3 years ago

November 16, 2020

बेल्जियमले इंग्ल्यान्डलाई हरायो

एजेन्सी – यूईएफए नेसन्स लिग अन्तर्गत आइतबार बेल्जियमले इंग्ल्यान्डमाथि जित हासिल गरेको छ ‌। पहिलो हाफमा दुई गोल गरेपछि घरेलु टोली २-० ले विजयी भयो । खेलको दशौं मिनेटमा इंग्लिस क्लब लेस्टर सिटीका मिडफिल्डर युरि टिलेमान्सले गोल गरेका थिए । इंग्ल्यान्डले आफ्नै मिडफिल्डमा बल गुमाएपछि बढेको काउन्टरमा गोल खाएको थियो । रोमेलु लुकाकुले दिएको पासलाई […]

42 views

0 Bookmark

एजेन्सी – यूईएफए नेसन्स लिग अन्तर्गत आइतबार बेल्जियमले इंग्ल्यान्डमाथि जित हासिल गरेको छ ‌। पहिलो हाफमा दुई गोल गरेपछि घरेलु टोली २-० ले विजयी भयो ।

खेलको दशौं मिनेटमा इंग्लिस क्लब लेस्टर सिटीका मिडफिल्डर युरि टिलेमान्सले गोल गरेका थिए । इंग्ल्यान्डले आफ्नै मिडफिल्डमा बल गुमाएपछि बढेको काउन्टरमा गोल खाएको थियो । रोमेलु लुकाकुले दिएको पासलाई टिलेमान्सले २० यार्ड टाढाबाट गरेको प्रहार गोल भएको थियो ।

२४ अौ मिनेटमा ड्रिज मर्टेन्सले बेल्जियमको अग्रता दोब्बर पारे । पेनाल्टी क्षेत्र नजिकै प्राप्त फ्रिकिकलाई मर्टेन्सले सिधै गोेमा परिणत गरेका थिए । पहिलो हाफमा नै इंग्ल्यान्डले खेलमा फर्कने प्रयास गरेपनि गोलरक्षक थिबाउट कोर्टुवाले दुई सुन्दर बचाउ गरे ।

दोस्रो हाफमा इंग्ल्यान्डले बल पोसेसनमा पकड जमाउँदै आक्रमण प्रयास गरेपनि सफल हुन सकेन । यस पराजयले इंग्ल्यान्डको अर्को चरणमा प्रवेश गर्ने सम्भावना भने सकिएको छ । बेल्जियमले अब अन्तिम खेलमा डेनमार्कसँग खेलेपछि समूहको टुंगो लाग्नेछ ।

डेनमार्कले आइतबार नै आइसल्यान्डमाथि २-१ को जित दर्ता गर्यो । डेनमार्कका लागि दुवै गोल क्रिस्टियन एरिक्सनले पेनाल्टीमा गरे । यस जितले डेनमार्कको ५ खेलमा १० अंक भएको छ । शीर्ष स्थानको बेल्जियमको १२ तथा इंग्ल्यान्डको ७ अंक छ । आइसल्यान्ड अंकविहिन रहेको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.