9 years ago
September 14, 2016
काठमाडौँ (हाम्री खेलकुद) – राजधानीमा जारि शहिद स्मारक बि डिभिजन लिग २०७३ अन्तर्गत आज भएको खेलमा च्यासल युथ क्लब र श्री कुमारी क्लब विजयी भएका छन्।

हलचोक स्थित एपीएफ रंगशालामा भएको पहिलो खेलमा श्री कुमारी क्लब मध्यपुर युथ एसोसिएसनविरुद्ध २-१ ले विजयी भयो। कुमारीको लागि टंक सिङ्गदान र सुशील कुमार यादवले गोल गरेका थिए भने मध्यपुरको एकमात्र गोल अनिश श्रेष्ठको नाममा रह्यो।
अर्को खेलमा च्यासलले पुल्चोक स्पोर्ट्स क्लबलाई ३-०ले हरायो। विजयी टोलीका लागि विकेश सुब्बा, पुजन उपरकोटी र सुशन राइले गरेका थिए।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]