default_image

3 years ago

November 18, 2020

स्विडेनमाथि फ्रान्सको जित

एजेन्सी – यूईएफए नेसन्स लिग अन्तर्गत समुह ए४ को अन्तिम खेलमा सेमिफाइनल पुगिसकेको फ्रान्सले स्विडेनलाई ४-२ ले पराजित गरेको छ । यस जितसँगै स्विडेन भने लिग बी मा झरेको छ । खेलको पाँचौ मिनेटमा नै स्विडेनले भिक्टर क्लेसनको गोलमा अग्रता लिएको थियो । तर ओलिभिएर् जीरुडले १६ औं मिनेटमा खेल बराबरी गरे । उनले मार्कस […]

51 views

0 Bookmark

एजेन्सी – यूईएफए नेसन्स लिग अन्तर्गत समुह ए४ को अन्तिम खेलमा सेमिफाइनल पुगिसकेको फ्रान्सले स्विडेनलाई ४-२ ले पराजित गरेको छ । यस जितसँगै स्विडेन भने लिग बी मा झरेको छ ।

खेलको पाँचौ मिनेटमा नै स्विडेनले भिक्टर क्लेसनको गोलमा अग्रता लिएको थियो । तर ओलिभिएर् जीरुडले १६ औं मिनेटमा खेल बराबरी गरे । उनले मार्कस थुरामको पासलाई सदुपयोग गरेका थिए । पहिलो हाफमै फ्रान्सले अग्रता लिन सफल भयो ।

खेलको ३६ औं मिनेटमा बेन्जामिन पाभार्डले गोल गरे । थुरामले पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट मुभ बनाउँदै गरेको प्रहार रिबाउन्ड भएपछि आएको बलमा पाभार्डले लो भलीमा गोल गरेका थिए ।

दोस्रो हाफमा मैदान प्रवेश गरेका किलियन एम्बाप्पेले पनि खेलमा प्रभाव छाडे । ५८ औं मिनेटमा मैदान छिरेका उनले एक मिनेट नबित्दै दिएको क्रसमा जिरुडले हेडरमार्फत गोल गर्दै अग्रता दोब्बर पारे ।

रोबिन क्वेसनले ८८ औं मिनेटमा गोल गर्दै स्विडेनलाई खेलमा फर्कने अवसर सिर्जना गरे । तर इन्ज्युरी समयमा गोलरक्षक समेत फ्रिकिकका लागि अगाडी आएको अवस्थामा काउन्टर अट्याक हुँदा फ्रान्स गोल थप्न सफल रहयो । स्विडेनका गोलरक्षक नै फ्रान्सको बक्सतिर भएको अवस्थामा किंग्सले कोमनले काउन्टर अट्याकमा ३० यार्ड टाढाबाट सहज गोल गरे ।

यस समूहको अर्को खेलमा पोर्चुगलले क्रोएसियामाथि ३-२ को जित दर्ता गरेपछि स्विडेन रेलिगेसनमा पर्यो । फ्रान्स ६ खेलमा अपराजित रहँदै १६ अंकका साथ अन्तिम चारमा प्रवेश गर्यो । पोर्चुगल १३ अंकसाथ दोस्रो स्थानमा रहयो ।

क्रोएसिया र स्विडेनको समान ३-३ अंक भएपनि गोलअन्तरमा क्रोएसियाले स्विडेनलाई उछिन्न सफल रहयो । स्विडेनले अर्को वर्ष लिग बी मा खेल्नेछ ।

यो पनि : क्रोएसियामाथि पोर्चुगलको जित

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.