default_image

3 years ago

November 18, 2020

क्रोएसियामाथि पोर्चुगलको जित

एजेन्सी – इन्ज्युरी समयमा गोल गरेपछि पोर्चुगलले यूईएफए नेसन्स लिग अन्तर्गत समूह ए३ को अन्तिम खेलमा क्रोएसियालाई ३-२ ले पराजित गरेको छ । खेलमा एक समय पछि परेपनि पोर्चुगल पुनरागमन गर्दै जित हासिल गर्न सफल रहयो । क्रोएसियाले खेलको २९ औं मिनेटमा माटियो कोभाचिचको गोलमा अग्रता लिएको थियो । मारियो पसलीचको क्रसमा कोभाचिचको पहिलो प्रहार […]

45 views

0 Bookmark

एजेन्सी – इन्ज्युरी समयमा गोल गरेपछि पोर्चुगलले यूईएफए नेसन्स लिग अन्तर्गत समूह ए३ को अन्तिम खेलमा क्रोएसियालाई ३-२ ले पराजित गरेको छ । खेलमा एक समय पछि परेपनि पोर्चुगल पुनरागमन गर्दै जित हासिल गर्न सफल रहयो ।

क्रोएसियाले खेलको २९ औं मिनेटमा माटियो कोभाचिचको गोलमा अग्रता लिएको थियो । मारियो पसलीचको क्रसमा कोभाचिचको पहिलो प्रहार गोलरक्षक रुइ पाट्रीसियोले विफल पारेपनि रिबाउन्डमा कोभाचिचले नै गोल गर्न सफल रहे ।

पहिलो हाफमा १-० ले पछि परेको पोर्चुगलले दोस्रो हाफमा खेलमा फर्कने अवसर पायो । ५१ औं मिनेटमा क्रोएसियाका मारको रोगले दोहोरो पहेंलो कार्ड पाएपछि टोली १० खेलाडीमा समेटियो । त्यसको २ मिनेट नबित्दै पोर्चुगल खेल बराबर गर्न सफल रहयो ।

डिफेन्डर रुबेन डियासले सेट पिस अवस्थामा ६ यार्ड बक्स नजिकबाट गोल गरेका थिए । कप्तान क्रिस्टियानो रोनाल्डोले गरेको शक्तिशाली प्रहारलाई गोलरक्षक डोमिनिक लिभाकोभिचले बचाउन खोज्दा रिबाउन्डमा रुबेन सेमेडोको पासलाई रुबेन डियासले गोलमा परिणत गरे ।

६१ औं मिनेटमा नै पोर्चुगलले अग्रता लियो । डिओगो जोटाको पासमा जोआओ फेलिक्सको प्रहार गोलरक्षक र दुई डिफेन्डरको बीचबाट गोल भएको थियो । तर त्यसको ४ मिनेटपछि नै कोभाचिचले खेल बराबरीमा ल्याए । उनले निकोला भ्लासिचको पासमा पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो ।

निर्धारित समयको अन्तिम मिनेटमा पोर्चुगलले विजयी गोल गर्न सफल रहयो । बर्नार्डो सिल्भाको क्रसलाई क्रोएसियाको गोलरक्षक लिभाकोभिचले बचाएपनि ल्यान्ड गर्ने क्रममा आफ्नै डिफेन्डरलाई लाग्दै बल फुस्केपछि रुबेन डियासले गोल गर्दै पोर्चुगललाई जित दिलाए ।

यस समूहको अर्को खेलमा फ्रान्सले स्विडेनमाथि ४-२ को जित दर्ता गरेपछि क्रोएसिया रेलिगेसनबाट जोगियो । फ्रान्स ६ खेलमा अपराजित रहँदै १६ अंकका साथ अन्तिम चारमा प्रवेश गर्यो । पोर्चुगल १३ अंकसाथ दोस्रो स्थानमा रहयो । क्रोएसिया र स्विडेनको समान ३-३ अंक भएपनि गोलअन्तरमा क्रोएसियाले स्विडेनलाई उछिन्न सफल रहयो ।

यो पनि : जर्मनीमाथि स्पेनको आधा दर्जन गोल

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.