default_image

9 years ago

September 14, 2016

आफ्नो जन्मथलो फर्किदै रोनाल्डो

132 views

0 Bookmark

हाम्रो खेलकुद – मदेरियाको टापुमा जन्मेको भएपनि क्रिस्टियानो रोनाल्डोको जन्मथलो भने लिस्बन नै मानिन्छ। नहोस पनि किन, उनि १२ वर्षको उमेरमा स्पोर्टिंग लिस्बोनमा आवद्ध भएसंगै उनको खेल जीवनको सुरुवात जो भएको थियो।

Ronaldo-Sporting-Lisbon-Main

लिस्बनमा युवा अवस्थामा एक आकर्षक फुटबलर बनेका उनि २००३मा म्यानचेस्टर युनाइटेड पुगेका थिए। केवल १८ वर्षको खेलाडीलाई त्यो समयमा सो रकम निकै ठुलो थियो। तर रोनाल्डोले आफ्नो कौशल देखाऊँदै सबलाई चकित पारिदिए। छ वर्षको म्यानचेस्टर बसाईपश्चात उनि आफ्नो सपनाको क्लब रियल म्याड्रिड लागे। विश्व कीर्तिमानी रकममा म्याड्रिड पुगेपछि उनले कहिल्यै पछाडी हेर्नु परेको छैन।

१३ वर्ष र अनगिन्ती उपाधि जितिसकेपछि रोनाल्डो फेरी लिस्बन प्रवेश गर्दैछन। तिन ब्यलोन डी’ओर उपाधि, एक युरो कप, तिन च्याम्पियन्स लिग र धेरै घरेलु लिग र कप जितेका उनि बाँकी खेलाडी जिन्दगि म्याड्रिडमै बिताउन चाहन्छन।

युरोमा चोट बोकेपछि गतसाता मात्र खेलमा फर्किएका उनि आज हुने खेलमा आकर्षणका केन्द्र हुनेछन्। मैदान बाहिर जे भएपनि मैदान भित्र उनको लक्ष्य भने एकै हुनेछ, सदाझैं म्याड्रिडको जित र आफ्नो राम्रो प्रदर्शनको।

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.