default_image

3 years ago

November 19, 2020

कासेमेरो अभ्यासमा फर्किए

एजेन्सी – रियल म्याड्रिडका अधिकांश अन्तर्राष्ट्रिय खेलाडी प्रशिक्षणमा फर्केका छन् । ला लिगामा शनिबार भिल्लारियलको सामना गर्दैछ । यद्दपी कप्तान सर्जियो रामोसले भिल्लारियलसँगको खेल गुमाउने सम्भावना छ । अर्का डिफेन्डर राफेल भारेनले पनि शनिबार खेल्नेमा शंका छ । तर, जिनेदिन जिदानका लागि खुसीको विषय कासेमेरो प्रशिक्षमा फर्केका छन् । नोभेम्भर ७ मा इडन हाजार्डसँग कोराना […]

45 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका अधिकांश अन्तर्राष्ट्रिय खेलाडी प्रशिक्षणमा फर्केका छन् । ला लिगामा शनिबार भिल्लारियलको सामना गर्दैछ ।

यद्दपी कप्तान सर्जियो रामोसले भिल्लारियलसँगको खेल गुमाउने सम्भावना छ । अर्का डिफेन्डर राफेल भारेनले पनि शनिबार खेल्नेमा शंका छ । तर, जिनेदिन जिदानका लागि खुसीको विषय कासेमेरो प्रशिक्षमा फर्केका छन् । नोभेम्भर ७ मा इडन हाजार्डसँग कोराना संक्रमण भएपछि आइसोलेसनमा थिए ।

अहिले कासेमेरा फर्कनु टोलीका लागि महत्वपूर्ण हुन सक्छ । जबकी टोलीले बुधबार च्याम्पियन्स लिगमा इन्टरको सामना गर्दैछ । अघिल्लो चरण जाने सम्भावनालाई बलियो बनाउन त्यो खेल टोलीका लागि महत्त्वपूर्ण हुनेछ ।

हाजार्ड र इडर मिलिसाअो अहिले पनि अइसोलेसमा छन् । जिदानले इन्टरसँगको महत्त्वपूर्ण खेल अघि हाजार्ड फर्कने अपेक्षा गरेका छन् । कासेमेरोले कोरानाका कारण एक खेल गुमाएका थिए । भ्यालेन्सियाविरुद्धको त्यो खेलमा रियल ४–१ ले पराजित भएको थियो ।

कासेमेरोको आगमनले टोलीको रक्षापक्ति मजबुत हुने अपेक्षा गरिएको छ । ब्राजिलियनले चोटग्रस्त फेडेरिको भाल्भार्डेको ठाँउमा सेन्टर मिडफिल्डमा खेल्नेछन् । उरुग्वेली अझै महिना दिन मैदान बाहिर रहने अनुमान गरिएको छ । उनी कम्तीमा डिसेम्बरको मध्ये सम्म फर्कने छैनन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.