default_image

3 years ago

November 19, 2020

फोडेनको प्रभावमा इंग्ल्यान्डको सानदार जित

एजेन्सी – युइएफए नेसन्स लिगको समूह चरणको अन्तिम खेलमा इंग्ल्यान्डले आइसल्यान्डमाथि सानदार जित हात पारेको छ । घरेलु मैदानमा इंग्ल्यान्डले १० खेलाडीमा समेटिएको आइसल्यान्डलाई ४–० ले हराएको हो । इंग्ल्यान्डको सानदार जितमा फिल फोडेनले दुई तथा डिक्लन राइस र मासन माउन्टले समान एक गोल गरे । पहिलो र दोस्रो हाफमा समान २–२ गोल सम्भव भएको […]

35 views

0 Bookmark

एजेन्सी – युइएफए नेसन्स लिगको समूह चरणको अन्तिम खेलमा इंग्ल्यान्डले आइसल्यान्डमाथि सानदार जित हात पारेको छ ।

घरेलु मैदानमा इंग्ल्यान्डले १० खेलाडीमा समेटिएको आइसल्यान्डलाई ४–० ले हराएको हो । इंग्ल्यान्डको सानदार जितमा फिल फोडेनले दुई तथा डिक्लन राइस र मासन माउन्टले समान एक गोल गरे । पहिलो र दोस्रो हाफमा समान २–२ गोल सम्भव भएको थियो ।

वेम्वली स्टेडियममा बुधबार राति भएको खेलमा इंग्ल्यान्डले खेलको २०औं मिनेटमा डिक्लन राइसको गोलबाट अग्रता लिएको थियो । उनले फोडेनको पासमा गोल गरेका थिए । २४औं मिनेटमा मासन माउन्टले गोल गर्दै इंग्ल्यान्डको अग्रता दोब्बर पारे ।

५४औं मिनेटमा आइसल्यान्ड १० खेलाडीमा समेटियो । बुकायो साकामाथि फल गरेपछि बिर्किर साभर्सन दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।

त्यसको फाइदा उठाउँदै इंग्ल्यान्डले थप दुई गोल गर्न सफल भयो । चार मिनेटको अन्तरमा फिल फोडेनले दुई गोल गर्दै इंग्ल्यान्डको जित पक्का गरे । टोरेसले ८०औं मिनेटमा जाडोन सन्चोको पासमा गोल गर्दै इंग्ल्यान्डलाई ३–० ले अघि बढाए । ८४औं मिनेटमा ह्यारी विङ्सको पासमा फिल फोडेन ले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई ४–० को सहज जित दिलाए ।

यो जितसँगै लिग ए २ मा इंग्ल्यान्डले ६ खेलबाट १० अंक जोडेर तेस्रो स्थानमा छनोट अन्त्य गर्यो । यो समुहबाट बेल्जियमले अन्तिम चारमा स्थान पक्का गर्दा डेनमार्क दोस्रो स्थानमा तथा आइसल्यान्ड अंकविहीन हुदै पुछारमा रहेर रेलिगेसनमा परेको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.