default_image

3 years ago

November 20, 2020

मेस्सीले जनवरीमा बार्सिलोना नछाड्ने

एजेन्सी – बार्सिलोनाका सुपर स्टार लिओनल मेस्सी क्लब छाड्न सक्ने सम्भावनाको चर्चा रोकिएको छैन । सिजनको सुरुवातमै क्लब छाड्न पत्राचार समेत गरिसकेका मेस्सी थप विवादमा जानु भन्दा सम्झौता रहँदा सम्म बस्न तयार भएको थिए । जनवरीको सरुवामा मेस्सीले नयाँ क्लब जान सक्ने चर्चा पनि सुरु भइसकेको छ । तर, बार्सिलोनाको अहिलेको कामचलाउ कमिटीले मेस्सीलाई बेच्न […]

25 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाका सुपर स्टार लिओनल मेस्सी क्लब छाड्न सक्ने सम्भावनाको चर्चा रोकिएको छैन । सिजनको सुरुवातमै क्लब छाड्न पत्राचार समेत गरिसकेका मेस्सी थप विवादमा जानु भन्दा सम्झौता रहँदा सम्म बस्न तयार भएको थिए ।

जनवरीको सरुवामा मेस्सीले नयाँ क्लब जान सक्ने चर्चा पनि सुरु भइसकेको छ । तर, बार्सिलोनाको अहिलेको कामचलाउ कमिटीले मेस्सीलाई बेच्न नसक्ने बताइएको छ । जोसेप मारिया बोर्टेमेउले गत महिना अध्यक्षबाट राजीनामा दिएपछि कामचलाउ समितिले क्लबको दैनिक काम हेर्दै आएको छ ।

अहिलेको कामलचाउ समितिसँग सिमित मात्र अधिकार रहने भएकाले ठूलो सरुवाको निर्णय गर्न नसक्ने बताइएको छ । जसका कारण मेस्सी विक्रीको सम्भावना न्यून रहेको छ । मेस्सी अहिले पनि क्लबसँग खुसी नरहेको बताइन्छ ।

जनवरीमा भने मेस्सीले क्लब छाड्ने सम्भावना कम रहेको छ । अन्तरिक बोर्डले दैनिक काम र कम अधिकार मात्र प्रयोग गर्न पाउनेछ, बार्सिलोनाको नियममा उल्लेख छ । यद्दपी सञ्चारमाध्यमहरुका अनुसार प्रिमियर लिग टोली म्यानचेस्टर सिटीले अर्जेन्टिनी प्लेमेकरका लागि ५० देखि ६० मिलियन युरोको प्रस्ताव राख्न सक्ने उल्लेख गरेका छन् ।

गत सिजन च्याम्पियन्स लिगमा बायर्न म्युनिख सँग क्वार्टरफाइनलमा ८–२ को हारपछि मेस्सीले क्लब छाड्ने व्यापक चर्चा चलेको थियो । क्लबसँग थप मनमुटाव नगर्ने निर्णय गर्दै मेस्सी यो सिजन रहन बस्न तयार भए । यो सिजन मेस्सी वा बार्सिलोनाले सोचे अनुरुपको प्रदर्शन गर्न सकेको छैन । बार्सिलोना गत सिजन उपाधि विहिन भएको थियो ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.