default_image

3 years ago

November 21, 2020

युभेन्टसलाई काग्लियारीको चुनौती

एजेन्सी – इटालियन च्याम्पियन युभेन्टसले इटालियन सिरी ए अन्तर्गत शनिबार घरेलु मैदानमा कग्लियारीको सामना गर्दैछ । खेल नेपाली समयानुसार मध्यरात १:३० बजेपछि सुरु हुनेछ । घरेलु मैदानमा पछिल्ला ३८ खेलमध्य ३७ खेलमा अपराजित रहेको युभेन्टस लिगमा जितको लय समात्ने सुरुमा हुनेछ । टोलीले खेलेका पछिल्ला ५ खेलमा २ जितमात्र दर्ता गरेको छ । क्रिस्टियानो रोनाल्डो […]

25 views

0 Bookmark

एजेन्सी – इटालियन च्याम्पियन युभेन्टसले इटालियन सिरी ए अन्तर्गत शनिबार घरेलु मैदानमा कग्लियारीको सामना गर्दैछ । खेल नेपाली समयानुसार मध्यरात १:३० बजेपछि सुरु हुनेछ ।

घरेलु मैदानमा पछिल्ला ३८ खेलमध्य ३७ खेलमा अपराजित रहेको युभेन्टस लिगमा जितको लय समात्ने सुरुमा हुनेछ । टोलीले खेलेका पछिल्ला ५ खेलमा २ जितमात्र दर्ता गरेको छ । क्रिस्टियानो रोनाल्डो कोरोना संक्रमणका कारण बाहिरीपछि टोलीको लय खस्केको थियो । पछिल्लो खेलमा रोनाल्डोले पुनरागमन गरेपनि युभेन्टस लाजियोसँग १-१ को बराबरीमा रोकियो ।

यता पछिल्लो ५ मध्य ४ खेलमा जित हासिल गरेको काग्लियारी आफ्नो लयलाई कायम राख्न चाहन्छ । अंक तालिकामा ३ अंक मात्र फरक रहेका यी दुई टोलीबीच यस मैदानमा भएको पछिल्लो ४ भिडन्तमा युभेन्टसले नै जित हासिल गरेको छ । युभेन्टस १३ अंकसहित पाँचौ स्थानमा रहँदा काग्लियारी १० अंक जोड्दै ११ औं स्थानमा छ ।

युभेन्टसका लागि यस खेलमा डिफेन्डरद्वय लिओनार्डो बोनुची र जिओर्जियो किएलिनी चोटका कारण उपस्थित छैनन् । मिडफिल्डर आरोन राम्सी पनि चोटसँग जुधिरहेका छन् । म्याथिस डे लिग्ट र एलेक्स सान्द्रो टोलीमा फर्कनुले भने निकै सहयोग पुग्नेछ । प्रशिक्षक आन्द्रीए पिर्लोले जियानलुइजी बुफोनलाई गोलरक्षकको जिम्मेवारी दिने सम्भावना छ ।

काग्लियारीका लागि लुका चेपिटेली, चरलाम्पोस लाइकोजियानिस र पाओलो फारोगो चोटका कारण बाहिर छन् । आन्द्रीए कार्बोनीले लेफ्ट ब्याकमा सुरुवात गर्नेछन् । कप्तान जोआओ पेड्रो आफ्नो उच्च लयलाई साविक विजेताविरुद्ध पनि निरन्तरता दिन चाहन्छन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.