default_image

3 years ago

November 21, 2020

चेल्सी प्रिमियर लिगको शीर्षस्थानमा

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबारको पहिलो खेलमा न्युकासल युनाइटेडलाई २-० ले पराजित गर्दै चेल्सी अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । न्युकासलको घरेलु मैदान सेन्ट जेम्सेस पार्कमा चेल्सीले दुवै हाफमा १-१ गोल गर्दै २-० को जित दर्ता गरेको हो । खेलको दशौं मिनेटमा चेल्सीले अग्रता लिएको थियो । मेसन माउन्टले दायाँ विंगबाट दिएको क्रस […]

41 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबारको पहिलो खेलमा न्युकासल युनाइटेडलाई २-० ले पराजित गर्दै चेल्सी अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

न्युकासलको घरेलु मैदान सेन्ट जेम्सेस पार्कमा चेल्सीले दुवै हाफमा १-१ गोल गर्दै २-० को जित दर्ता गरेको हो । खेलको दशौं मिनेटमा चेल्सीले अग्रता लिएको थियो । मेसन माउन्टले दायाँ विंगबाट दिएको क्रस क्लियर गर्न नसक्दा फेडेरिको फर्नान्डेजले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

दोस्रो हाफको ६५ औं मिनेटमा ट्यामी अब्राहमले चेल्सीको अग्रता दोब्बर पारे । टिमो वेर्नरले अघि बढाएको काउन्टर अट्याकलाई अब्राहमले गोलले अन्त्य गरेका थिए । वेर्नरले पेनाल्टी क्षेत्रभित्र दिएको थ्रु बललाई इंग्ल्यान्डका युवा फरवार्डले वन भर्सेस वन स्थितिमा गोल गरेका थिए ।

यस जितसंगै चेल्सीको ९ खेलमा १८ अंक भएको छ । गोलअन्तरको आधारमा चेल्सी शीर्षस्थानमा रहँदा दोस्रो स्थानको लेस्टरले एक खेल कम खेल्दै समान १८ अंक नै जोडेको छ । पराजित न्युकासल भने ११ अंकका साथ १३ औं स्थानमा यथावत रहयो ।

शनिबार हुने दोस्रो खेलमा एस्टन भिल्ला र ब्राइटन एण्ड होभ आल्बियन खेल्दैछन् । त्यसपछि उपाधि दावेदार म्यानचेस्टर सिटी र टोटेनहम हट्सपरबीच प्रतिस्पर्धा हुनेछ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.