default_image

3 years ago

November 22, 2020

म्यानचेस्टरले वेस्ट ब्रुमलाई हरायो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले वेस्ट ब्रुममाथि १–० को झिनो जित निकालेको छ । दोस्रो हाफमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमार्फत गरेको गोल नै युनाइटेडको जितमा निर्णायक बन्यो । ओल्डट्राफोर्डमा शनिबार राति भएको खेलमा घरेलु टोली युनाइटेडले खेलको शुरुवातदेखि नै वेस्ट ब्रुमलाई दवावमा राखेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । खेलको दोस्रो मिनेटमा नै […]

27 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले वेस्ट ब्रुममाथि १–० को झिनो जित निकालेको छ । दोस्रो हाफमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमार्फत गरेको गोल नै युनाइटेडको जितमा निर्णायक बन्यो ।

ओल्डट्राफोर्डमा शनिबार राति भएको खेलमा घरेलु टोली युनाइटेडले खेलको शुरुवातदेखि नै वेस्ट ब्रुमलाई दवावमा राखेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । खेलको दोस्रो मिनेटमा नै हुवान माटाको पासमा एन्थोनी मार्सियलको हेडरलाई वेस्ट ब्रुमका गोलरक्षक साम जोन्सटोनले बचाउदै युनाइटेडको अग्रता टारे ।

१६औं मिनेटमा मार्कुस रासफोर्ड, ब्रुनो फर्नान्डेस र मार्सियलको समन्वयमा बनेको मुभमा मार्सियलको प्रहारमा गोलरक्षक जोन्सटोननै बाधक बने । २०औं मिनेटमा रोमेन स्वयर्सको पासमा कर्लन ग्रान्टको प्रहारलाई युनाइटेडका गोलरक्षक डेभिड हे गेयाले बचाउदै वेस्ट ब्रुमको अग्रता टारे ।

३४औं मिनेटमा मार्सियलको अर्काे प्रहारमा गोलरक्षक जोन्सटोन नै बाधक बन्दा युनाइटे अग्रता लिनबाट चुक्यो । ४६औं मिनेटमा रेफ्री डेभिड कोटेले वेस्ट ब्रुमलाई पेनाल्टी प्रदान गरेपनि भिएआरको सहायता लिदै आफ्नो पुरानो निर्णय फिर्ता लिए । लगत्तै रासफोर्डले अर्काे सुवर्ण अवसरलाई सदुपयोग गर्न सकेन ।

५२औं मिनेटमा ग्राडी डिएङआनाको क्रसमा अनमार्क रहेको क्रोनोर टाउनसेन्डको प्रहारलाई युनाइटेडका गोलरक्षक डेभि हे गेयाले बचाए । ५६औं मिनेटमा रि पेनाल्टीमा ब्रुनो फर्नान्डेसले गोल गर्दै युनाइटेडलाई १–० ले अघि बढाए ।

काउन्टर एट्याकमा माटाको क्रसलाई पेनाल्टी बक्समा डार्नेल फरलङले ह्यान्ड गर्न पुगेपछि रेफ्रीले युनाइटेडलाई पेनाल्टी प्रदान गरेको थियो । तर, फर्नान्डेसले पेनाल्टीलाई जोन्सटोनले बचाएपनि भिएआरको सहायता लिदा फर्नान्डेसले पेनाल्टी प्रहार गर्नुअघि नै गोलरक्षक जोन्सटोन अघि बढेका कारण युनाएटेडले रि पेनाल्टीको अवसर पायो । यसपटक फर्नान्डेस चुकेनन् ।

६५औं मिनेटमा हाल रुब्सन कानुको प्रहार क्रसबारमा लागेर बाहिरिदा वेस्ट ब्रुम बराबरीबाट चुक्यो । त्यसपछि दुवै टोलीबाट केही अवसर सिर्जना भएपनि सदुपयोग हुन नसक्दा युनाइटेड १–० ले विजयी हुन सफल भयो ।

जितसँगै युनाइटेड ८ खेलबाट १३ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । पराजित वेस्ट ब्रुम ३ अंकसहित १८औं स्थानमा रहेको छ ।

अन्य नतिजा
न्युक्यासलविरुद्ध चेल्सी (०–), एस्टन भिल्लाविरुद्ध ब्राइटन (१–), टोटेनहमविरुद्ध म्यानचेस्टर सिटी (–०)

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.