default_image

3 years ago

November 22, 2020

एभर्टनको जितमा लेविनको दुई गोल

एजेन्सी – इंग्लिस फरवार्ड डोमिनिक काल्भर्ट लेविनको दुई गोल सहयोगमा एभर्टनले इंग्लिस प्रिमियर लिगमा फुलहमलाई पराजित गरेको छ । एभर्टनले फुलहमलाई उसकै मैदानमा ३–२ को जित हात पारेको हो । यससँगै एभर्टनले लगातार तीन खेलमा बेहोरेको हारको श्रृंखला तोडेको छ । एभर्टन यसअघि साउथह्याम्पटन, न्यु क्यासल युनाइटेड र म्यानचेस्टर युनाइटेडसँग पराजित भएको थियो । त्यसअघि […]

33 views

0 Bookmark

एजेन्सी – इंग्लिस फरवार्ड डोमिनिक काल्भर्ट लेविनको दुई गोल सहयोगमा एभर्टनले इंग्लिस प्रिमियर लिगमा फुलहमलाई पराजित गरेको छ ।

एभर्टनले फुलहमलाई उसकै मैदानमा ३–२ को जित हात पारेको हो । यससँगै एभर्टनले लगातार तीन खेलमा बेहोरेको हारको श्रृंखला तोडेको छ । एभर्टन यसअघि साउथह्याम्पटन, न्यु क्यासल युनाइटेड र म्यानचेस्टर युनाइटेडसँग पराजित भएको थियो । त्यसअघि एभर्टनले ५ जित र एक बराबरीको नतिजा निकालेको थियो ।

क्राभेन कटेजमा आइतबार राति भएको खेलमा एभर्टनका लागि अर्काे गोल एब्डोउलाय डोउकाउरेले गरे । फुलहमका बोबी रोइड र रुवेन लफटस चिकले गोल फर्काए । खेलको पहिलो मिनेटमा डोमिनिक काल्भर्ट लेविनको गोलबाट एभर्टनले अग्रता लिएको थियो । उनले रिचार्लीसनको पासमा सहज फिनिस गरेका थिए ।

१५औं मिनेटमा टोम केइरनेको पासमा बोबी रेइडले बराबरी गोल फर्काए । २०औं मिनेटमा रिचार्लीसनको पासमा लेविनको प्रहारलाई अलफन्से एरेओलाले बचाए । २९औं मिनेटमा लुकास डिग्नेको पासमा डोमिनिक काल्भर्ट लेविनले व्यक्तिगत दोस्रो गोल गर्दै एभर्टनलाई २–१ को अग्रता दिलाए ।

३५औं मिनेटमा लुकास डिग्नेकै पासमा एब्डोउलाय डोउकाउरेले गोल गर्दै एभर्टनलाई ३–१ को अग्रता दिलाए । ६७औं मिनेटमा इभान काभेलेइरो पेनाल्टी चुक्दा फुलहमले अग्रता कम गर्ने मौका गुमायो । एलेक्सान्डर मिट्रोभिकलाई पेनाल्टी बक्समा बिन गडफ्रेले पेनाल्टी बक्समा लडाएपछि प्राप्त पेनाल्टीमा इभानको प्रहार आकासियो ।

७०औं मिनेटमा एडेमोला लुकमानको पासमा रुवेन लफटस चिकले गोल गर्दै फुलहमलाई ३–२ को अवस्थामा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा एभर्टन ३–२ ले विजयी हुन सफल भयो ।

जितसँगै एभर्टन ९ खेलबाट १६ अंक जोडेर छैटौ स्थानमा उक्लिएको छ । फुलहम ४ अंकसहित १७औं स्थानमा रहेको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.