default_image

3 years ago

November 24, 2020

रोजेको सिट नपाएपछि बसबाट निस्कँदा टिमबाटै निष्कासित

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार जर्मन क्लब बोरुसिया डर्टमुन्डले बेल्जियमको क्लब ब्रुगको सामना गर्दैछ । उक्त खेलमा ब्रुगका फरवार्ड इम्यानुएल डेनिस भने नखेल्ने भएका छन् । ब्रुगले अनुशासन कारवाही गरेपछि नाइजेरियन फरवार्डलाई टिमबाट निष्कासित गरिएको प्रशिक्षक फिलिप क्लेमेन्टले बताएका छन् । कोरोना संक्रमणका कारण क्लबले बसमा केहि दुरी कायम गर्दै खेलाडीहरुलाई स्थान तोकेर […]

37 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार जर्मन क्लब बोरुसिया डर्टमुन्डले बेल्जियमको क्लब ब्रुगको सामना गर्दैछ । उक्त खेलमा ब्रुगका फरवार्ड इम्यानुएल डेनिस भने नखेल्ने भएका छन् ।

ब्रुगले अनुशासन कारवाही गरेपछि नाइजेरियन फरवार्डलाई टिमबाट निष्कासित गरिएको प्रशिक्षक फिलिप क्लेमेन्टले बताएका छन् । कोरोना संक्रमणका कारण क्लबले बसमा केहि दुरी कायम गर्दै खेलाडीहरुलाई स्थान तोकेर बस्ने नियम बनाएको थियो । तर डेनिसले आफ्नो सिटबाट खुसी नभएपछि बस छोडेर निस्केका थिए ।

२३ वर्षीय फरवार्ड डेनिस सन् २०१७ देखि क्लबमा रहेका छन् । उनले गतवर्ष रियल म्याड्रिडविरुद्ध २ गोल गरेपछि चर्चामा आएका थिए । यस सिजन पनि पहिलो खेलमा जेनिटलाई २-१ ले पराजित गर्दा उनले गोल गरेका थिए ।

क्लबले हाल उनलाई यस खेलका लागि मात्र बाहिर राखेको छ । यद्यपि उनलाई थप जरिवाना हुने सम्भावना पनि छ । ब्रुग समूह एफको अंक तालिकामा तेस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको डर्टमुन्डले अघिल्लो खेलमा ३-० को जित दर्ता गरेको थियो । समूहको दोस्रो स्थानमा लाजियो तथा पुछारमा जेनिट रहेको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.