default_image

3 years ago

November 26, 2020

अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक घोषणा

एजेन्सी – विश्व फुटबलकै सर्वाधिक महानमध्यका अर्जेन्टिनी मिडफिल्डर डिएगो म्याराडोनाको निधनसँगै अर्जेन्टिनी सरकारले तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ । राष्ट्रपति अल्बर्टो फर्नान्डेजले बुधबार हृदयघातका कारण ज्यान गुमाएका म्याराडोनाप्रति दुख र शोक व्यक्त गर्दै तीन दिन राष्ट्रिय दिन शोक घोषणा गरेका हुन् । उनले अर्जेन्टिनी संचारमाध्यमसँग बोल्दै यस घटनाले आफू निकै दुखित भएको बताएका […]

79 views

0 Bookmark

एजेन्सी – विश्व फुटबलकै सर्वाधिक महानमध्यका अर्जेन्टिनी मिडफिल्डर डिएगो म्याराडोनाको निधनसँगै अर्जेन्टिनी सरकारले तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ ।

राष्ट्रपति अल्बर्टो फर्नान्डेजले बुधबार हृदयघातका कारण ज्यान गुमाएका म्याराडोनाप्रति दुख र शोक व्यक्त गर्दै तीन दिन राष्ट्रिय दिन शोक घोषणा गरेका हुन् । उनले अर्जेन्टिनी संचारमाध्यमसँग बोल्दै यस घटनाले आफू निकै दुखित भएको बताएका छन् ।

‘म मन्त्रिपरिषदका नेता सान्टियागो क्याफिएरोसँग छलफलमा थिएँ । सुरुवातमा त मैले विश्वास गर्न सकिन । निकै नराम्रो लाग्यो । कुनैपनि अर्जेन्टिनी समर्थकका लागि यो खराब समाचार हो । हामी सबै उनलाई माया गर्थ्यौं । म उनको परिवारसँग कुरा गरेर के गर्ने भन्ने निर्णय लिनेछु,’ उनले भने ।

म्याराडोनाको अन्तिम संस्कारअघि राष्ट्रपतिको मुख्यालयमा राज्यस्तरबाट नै श्रद्दान्जली सभा गर्ने तयारी भइरहेको छ । हालसम्म जम्मा ७ राष्ट्रपतिले मात्र यो सम्मान प्राप्त गरेका छन् । खेलकुद क्षेत्रबाट ५ पटक फर्मुला वन विजेता जान म्यानुएल फान्गियोले सन् १९९५ जुलाई १७ मा यो सम्मान प्राप्त गरेका थिए ।

यो पनि : रहेनन् म्याराडोना

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.