default_image

3 years ago

November 27, 2020

भिनिसियस चम्कँदा टोटेनहमको जित

एजेन्सी – ब्राजिलियन फरवार्ड कार्लोस भिनिसियसको सानदार प्रदर्शनसँगै यूईएफए युरोपा लिगमा टोटेनहम हट्सपरले लुडोगोरेट्सलाई पराजित गरेको छ । टोटेनहम ४-०को जित दर्ता गर्न सफल रह्यो । खेलको १६ अौं मिनेटमा टोटेनहमले भिनिसियसको गोलमा अग्रता लिएको थियो । डेले अलीको पास डिफेन्डरलाई लाग्दै भिनिसियसको पथमा आएपछि उनले वन भर्सेस वनको स्थितिमा सहजै गोल गरे । त्यसपछि […]

41 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन फरवार्ड कार्लोस भिनिसियसको सानदार प्रदर्शनसँगै यूईएफए युरोपा लिगमा टोटेनहम हट्सपरले लुडोगोरेट्सलाई पराजित गरेको छ । टोटेनहम ४-०को जित दर्ता गर्न सफल रह्यो ।

खेलको १६ अौं मिनेटमा टोटेनहमले भिनिसियसको गोलमा अग्रता लिएको थियो । डेले अलीको पास डिफेन्डरलाई लाग्दै भिनिसियसको पथमा आएपछि उनले वन भर्सेस वनको स्थितिमा सहजै गोल गरे । त्यसपछि ग्यारेथ बेलले लगातार दुई फ्रिकिकको अवसर पाएपनि लुडोगोरेट्सलाई समस्या दिन सकेनन् ।

३४ अौं मिनेटमा भिनिसियसले अलीकै पासमा गोल गर्दै टोटेनहमको अग्रता दोब्बर पारे । टांगी एनडोम्बेलेको प्रहार गोलरक्षकले बचाएपछि आएको रिबाउन्डमा अलीले पास दिएपछि भिनिसियसले खाली पोस्टमा दोस्रो गोल गरे । पहिलो हाफमै बेन डेभिसको शक्तिशाली प्रहार पोस्टमा लाग्दा टोटेनहम अग्रता बढाउनबाट बन्चित भयो ‌।

६३ अौं मिनेटमा ह्यारी विङ्क्सले गोल गर्द अग्रता फराकिलो पारे । उनले झन्डै ४० यार्ड टाढाबाट गरेको प्रहार गोलरक्षकको टाउको माथिबाट गोलमा परिणत भएको थियो । ७३ अौं मिनेटमा भिनिसियसको पासमा गोल गर्दै लुकास मौराले फराकिलो जित पक्का गरे ।

समूहको अर्को खेलमा रोयल आन्टवेर्पले लास्कलाई २-० ले पराजित गर्यो ‌। उक्त खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको हो ।

अंक तालिकामा टोटेनहम र रोयल आन्टवेर्पको ९-९ अंक छ । लास्कले दुई खेल जित्दै ६ अंक जोड्दा लुडोगोरेट्स अंविहिन छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.