default_image

3 years ago

November 28, 2020

क्रिस्टल प्यालेसमाथि न्युक्यासलको जित

54 views

0 Bookmark

एजेन्सी – अन्तिम दुई मिनेटको दौरानमा दुई गोल सम्भव भएपछि न्युक्यासल युनाइटेडले इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसलाई उसकै मैदानमा २–० ले पराजित गरेको छ ।

न्युक्यासलको जितमा कलुम विल्सन र जोइलिन्टनले गोल गरे । गोल ८८औं र ९०औं मिनेटमा सम्भव भएको थियो । प्रिमियर लिगमा न्युक्यासलको यो दुई खेलपछिको पहिलो जित हो । एभर्टनलाई २–१ ले हराएयता न्युक्यासल साउथह्याम्टन र चेल्सीसँग समान २–० ले पराजित भएको थियो । क्रिस्टल प्यालेसको भने यो लगातार दोस्रो हार हो ।

सेलह्रस्ट पार्क लन्डमा शुक्रबार राति भएको खेलमा बल पोजेसनमा क्रिस्टल प्यालेसले पकड बनाएपनि न्युक्यासलको बलियो रक्षापङ्ति तोड्न नसक्दा पराजित हुन पुग्यो । खेलको तेस्रो मिनेटमा नै जोइलिन्टनले सुवर्ण अवसर खेर फालेको थियो ।

२५औं मिनेटमा न्युक्यासलका गोलरक्षक कार्ल डारलोले इविरिची इजी र जोर्डन एयुको प्रहारलाई उत्कृष्ट बचाउ गर्दा क्रिस्टल प्यालेस अग्रता लिनबाट चुक्यो । २९औं मिनेटमा गोलरक्षक डारलोले जेफरे स्कलपको प्रहारले अर्काे उत्कृष्ट बचाउ गर्दै प्यालेसको अग्रता टारे ।

८४औं मिनेटमा क्रिस्टियन बेन्टेकेको क्रसमा कोउयाटेको प्रहारलाई डिफेन्डर फेडरिको फर्नान्डेजले उत्कृष्ट ब्लक गरे । बराबरीतर्फ धकेलिएको खेलको ८८औं मिनेटमा जोइलिन्टनको पासमा कलुम विल्सनले गोल गर्दै न्युक्यासललाई १–० को अग्रता दिलाए । ९०औं मिनेटमा विल्सनको पासमा जोइलिन्टनले गोल गर्दै न्युक्यासलको जित पक्का गरे ।

यो जितसँगै न्युक्यासल १० खेलबाट १४ अंक जोडेर १०औं स्थानमा उक्लदा पराजित क्रिस्टल प्यालेस १३औं स्थानमा रहेको छ ।

May 7, 2024

पिएसजी र डर्टमुण्ड बीचको दोस्रो लेग आज

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमीफाइनलको दोस्रो लेगमा पेरिस सेन्ट जर्मान (पिएसजी) आज भिड्ने छन् । खेल नेपाली समय अनुसार राती १२:४५ बजे पिएसजीको घरेलु मैदान पार्क डेश प्रिन्सेसमा सुरु हुनेछ । गत बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले १-० को अग्रता लिएको थियो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरेका […]

May 7, 2024

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० को लज्जास्पद हार बेहोरेको हो । युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले समान एक गोल गरे । यससँगै क्रिस्टल प्यालेसले यो सिजनको प्रिमियर लिगको दुवै खेलमा युनाइटेडलाई हराउन सफल […]

May 6, 2024

खालीबारी र रानीवनको जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत सोमबार भएका खेलमा खालीबारी युथ एफसी र रानीवन स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खलमा खालीबारीले पुल्चोक स्पोर्ट्स क्लब माथि १-० को जित दर्ता गरेको हो । खालीबारीको जितमा मार्वल सुनुवारले २७औं मिनेटमा खेलको एकमात्र गोल गरे । जित पछि […]

Success

Thank you for your time.