default_image

3 years ago

November 28, 2020

रियाल म्याड्रिडलाई अलाभेसको चुनौती

एजेन्सी – स्पेनिस ला लिगामा आज (शनिबार) राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदैछ । साविकको विजेता रियल म्याड्रिडले घरेलु मैदानमा डिर्पाेटिभो अलाभेसको सामना गर्दा एट्लेटिको म्याड्रिडले भ्यालेन्सियासँग खेदैछ । इल्चे र क्याडिज तथा हुएस्का र सेभियाबीच आज राति नै प्रतिस्पर्धा हुदैछ । रियल र एलाभेसबीचको खेल अल्फ्रेडो डि स्टेफानोमा नेपाली समयअनुसार रासत १ः४५ बजे हुनेछ […]

45 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा आज (शनिबार) राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदैछ । साविकको विजेता रियल म्याड्रिडले घरेलु मैदानमा डिर्पाेटिभो अलाभेसको सामना गर्दा एट्लेटिको म्याड्रिडले भ्यालेन्सियासँग खेदैछ ।

इल्चे र क्याडिज तथा हुएस्का र सेभियाबीच आज राति नै प्रतिस्पर्धा हुदैछ । रियल र एलाभेसबीचको खेल अल्फ्रेडो डि स्टेफानोमा नेपाली समयअनुसार रासत १ः४५ बजे हुनेछ । घरेलु मैदानमा एलाभेसलाई पराजित गर्दै रियल अंक तालिका सुधार गर्ने दाउमा हुनेछ । चौथो स्थानमा रहेको रियलको ९ खेलबाट १७ अंक रहेको छ ।

चोटका कारण टोलीका मुख्य फरवार्ड करिम बेन्जेमा, फेडरिको भालभेर्डे, कप्तान तथा डिफेन्डर सर्जियो रामोस र ड्यानियल कार्भाहल टोली हुनेछैनन् । तर, रियलसँग इडेन हाजार्ड, भिनिसियस जुनियर, रोड्रिगो गोएस, मार्काे एसेन्सियो, टोनी क्रुस, क्यासमिरो, मार्टिन ओडेगार्ड, मार्सेलो, फर्लान्ड मेन्डी, राफयल भरान, नाचो फर्नान्डेस, लुकास भास्क्वेज र गोलरक्षक थिवाउट कोर्टुवा टोलीमा रहेका छन् ।

यता, अलाभेस पनि रियललाई उसकै मैदानमा हराउने लक्ष्यमा मैदान उत्रनेछ । अलाभेससँग जोसेलु, लुकास पेरेज, जोटा, टोमास पिना, एडगर मेन्डेज र गोलरक्षक फर्नान्डो पाचेकोको साथ रहेको छ । अलाभेस १० खेलबाट १० अंक जोडेर १५औं स्थानमा रहेको छ ।

अन्य खेल
इल्चेविरुद्ध क्याडिज (साँझ ६ः४५ बजे), भ्यालेन्सियाविरुद्ध एट्लेटिको म्याड्रिड (राति ९ बजे) र हुएस्काविरुद्ध सेभिया (राति ११ः१५ बजे)

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

Success

Thank you for your time.