default_image

3 years ago

November 29, 2020

रियल म्याड्रिड अलाभेससँग पराजित

एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिडले घरेलु मैदानमा अलाभेससँग हार बेहोरेको छ । डिफेन्समा कमजोर प्रदर्शन गरेको रियल २-१ ले पराजित भएको हो । खेलको पाँचौ मिनेटमा नै पाहुना टोली अलाभेसले पेनाल्टीमा अग्रता लिएको थियो । नाचो फर्नान्डेजले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । लुकास पेरेजले उक्त पेनाल्टीको सदुपयोग गर्दै १-० को […]

34 views

0 Bookmark

एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिडले घरेलु मैदानमा अलाभेससँग हार बेहोरेको छ । डिफेन्समा कमजोर प्रदर्शन गरेको रियल २-१ ले पराजित भएको हो ।

खेलको पाँचौ मिनेटमा नै पाहुना टोली अलाभेसले पेनाल्टीमा अग्रता लिएको थियो । नाचो फर्नान्डेजले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । लुकास पेरेजले उक्त पेनाल्टीको सदुपयोग गर्दै १-० को अग्रता दिलाए ।

दोस्रो हाफको ४९ औं मिनेटमा अलाभेसले अग्रता दोब्बर पार्यो । गोलरक्षक थिबाउट कोर्टुवाले क्लियर गरेको बल सिधै जोसेलुको खुट्टामा पुगेपछि उनले पेनाल्टी क्षेत्र बाहिरबाट सिधै गोल गरेका थिए । त्यसअघि पेरेजले वन भर्सेस वनको स्थितिमा गरको प्रहारलाई सुन्दर बचाउ गर्दै कोर्टुवाले अग्रता बढाउन दिएका थिएनन् ।

निर्धारित समयको ५ मिनेट बाँकी रहँदा रियलले गोल फर्काएर पुनरागमन गर्ने संकेत देखायो । क्यासेमिरोले ६ यार्ड बक्स भित्रबाट गोल गर्दै गोल अन्तर कम गरेका थिए । तर इन्ज्युरी समयको अन्तिम मिनेटमा इस्कोको प्रहार क्रसबारमा लागेर बाहिरीएपछि रियलको आशा समाप्त भएको थियो ।

खेलका दौरान रेफ्रीले इडेन हाजार्ड र मार्सेलोविरुद्ध भएको फललाई पेनाल्टी नदिएको भन्दै रियलका खेलाडीले असन्तुष्टि समेत जनाएका थिए । पहिलो हाफमा नै विंगर हाजार्ड चोटका कारण मैदान छाड्न बाध्य भएका थिए । उनको स्थानमा २८ औं मिनेटमा रोड्रीगो मैदान प्रवेश गरेका थिए ।

यस हारले रियल म्याड्रिड अंक तालिकाको चौथो स्थानमा सिमित रहेको छ । रियलको १० खेलमा ५ जित, २ बरर र ३ हारसहित १७ अंक छ । अलाभेस भने ११ खेलमा १३ अंकसहित नवौं स्थानमा छ । शीर्ष दुई स्थानमा रहेका रियल सोसीडाड र एटलेटिको म्याड्रिडको २३-२३ अंक छ । एटलेटिकोले ९ तथा सोसीडाडले १० खेल खेलेको छ ।

यो पनि : रोनाल्डोबिना युभेन्टस बराबरीमा रोकियो

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.