default_image

3 years ago

December 2, 2020

रियल म्याड्रिड शाख्तारसँग पराजित

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह बी को पाँचौ खेलमा स्पेनिस च्याम्पियन रियल म्याड्रिडले शाख्तर डोनेस्कसँग हार बेहोरेको छ । युक्रेनमा भएको खेलमा रियलले २-० ले पराजित भएको हो । शाख्तारको जितमा डेन्टिन्हो र सोलोमोनले १-१ गोल गरे । कप्तान सर्जियो रामोसबिना उत्रिएको रियलले डिफेन्समा फेरी एकपटक कमजोर प्रदर्शन गर्दा हार बेहोरेको हो । […]

57 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह बी को पाँचौ खेलमा स्पेनिस च्याम्पियन रियल म्याड्रिडले शाख्तर डोनेस्कसँग हार बेहोरेको छ ।

युक्रेनमा भएको खेलमा रियलले २-० ले पराजित भएको हो । शाख्तारको जितमा डेन्टिन्हो र सोलोमोनले १-१ गोल गरे । कप्तान सर्जियो रामोसबिना उत्रिएको रियलले डिफेन्समा फेरी एकपटक कमजोर प्रदर्शन गर्दा हार बेहोरेको हो । फरवार्ड करीम बेन्जेमाले चोटबाट पुनरागमन गरेपनि राम्रो प्रदर्शन गर्न सकेनन् ।

खेलको पहिलो हाफमा शाख्तारले तुलनात्मक रुपमा बढी आक्रमण गरेपनि गोल गर्न भने सकेन । घरेलु टोलीले चोटका कारण मुख्य फरवार्ड जुनिअर मोराएसलाई गुमाएको थियो । त्यसअघि खेलको छैटौं मिनेटमा बेन्जेमाको क्रसमा मार्को एसेन्सियोको प्रहार पोस्टमा लागेर बाहिरिँदा रियल अग्रता लिनबाट चुकेको थियो ।

दोस्रो हाफमा शाख्तारले आक्रमणलाई निरन्तरता दिँदै रियलको डिफेन्सलाई चुनौती दियो । त्यसको फलस्वरूप ५७ औं मिनेटमा डेन्टिन्होले रियलको कमजोर डिफेन्सको फाइदा उठाए । पेनाल्टी क्षेत्रभित्र गएको थ्रु पास डिफलेक्ट भएपछि गोलरक्षक लगाएत सबै डिफेन्डरले एक अर्कालाई बल छोड्दा उनले गोल गरेका थिए ।

एक गोलले पछि परेपछि केहि आक्रामक देखिएको रियलले गोल फर्काउने कुनै मुभ बुन्न सकेन । जवाफमा ८२ औं मिनेटमा काउन्टर अट्याकमा शाख्तारले अग्रता दोब्बर पार्यो । सोलोमोनले मिडफिल्डमा बल पास लिएर एक्लै अगाडी बढाउँदै पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गोल गरेका थिए ।

यस हारसँगै रियल म्याड्रिड अंक तालिकाको तेस्रो स्थानमा झरेको छ । शीर्षस्थानमा रहेको बोरुसिया मोन्चेनग्लाडबाकको ४ खेलमा ८ अंक छ । शाख्तार र रियल म्याड्रिडको ५ खेलमा समान ७ अंक भएपनि हेड टु हेडमा शाख्तार अघि छ । इन्टर मिलानको ४ खेलमा २ अंक छ ।

डेन्टिन्हो (१-०)

सोलोमोन (२-०)

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.