default_image

9 years ago

September 18, 2016

प्रीमियर लिगमा ६०० खेल खेलेका ब्यारीले ६००औ खेलमा गरे गोल

139 views

0 Bookmark

मिडल्स्ब्रो सँगको ३-१ को जितमा आफ्नो उपस्थिति जनाएका ब्यारी इङ्लिश प्रीमियर लिग मा ६०० खेल खेल्ने तेस्रो खेलाडी भएका छन । म्यान्चेस्टर युनाइटेड्का रायन गिग्स र चेल्सिका मिड्फिल्डर फ्रान्क लाम्पार्ड पछी इभर्टनका ज्ञारेथ ब्यारी ६०० खेल पुरा गर्ने पहिलो खेलाडी हुन ।

Gareth Barry

३५ बर्षिय ब्यारिले ६०० खेल खेल्ने क्रममा एस्टन भिल्लाबाट ३६५ खेल , म्यान्चेस्टर सिटीबाट १३२ र इभर्टनबाट १०३ खेल खेलेका छन । ६०० खेलमा उनले ५२ गोल गरेका छन जस्मद्धे उनको ६०० खेलको गोल पनि एक हो ।

इङ्ल्याण्ड्बाट ५३ खेल खेल्दै ३ गोल गरेका ब्यारिले २०११ १२ मा म्यान्चेस्टर सिटीबाट प्रीमियर लिग पनि जितेका छन । ब्यारिले ६०९ खेल खेलेका लाम्पार्डलाई यही सिजन जित्न सक्ने छन तर ६३२ खेल खेलेका गिग्सलाई जित्न यो सिजन गाह्रो पर्न सक्ने छ । तर यस सिजनको हरेक खेल खेले ब्यारी प्रीमियर लिगमा सबै भन्दा धेरै खेल खेलेका खेलाडी हुनसक्नेछन ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.