आसामको गुवाहाटीमा हुने बोर्डोलोइ कपमा थ्री स्टार क्लब आफ्नो पहिलो खेलमा सोमबार फ्लामिङो नगाल्याण्ड्सङ सामना गर्ने छ ।
आइतबारबाट सुरु हुने प्रतियोगितामा थ्री स्टार समुह ए मा शिलोङ लाजोङ , फ्लामिङो नगाल्याण्ड्सङ र आयल इन्डिया र भिड्नेछ । प्रतियोगिताको पहिलो दिन आइतबार समुह ए का शिलोङ लाजोङ र आयल इन्डिया खेल्नेछन ।
आठ टिमले भाग लिने प्रतियोगितामा भारतका ६ , नेपाल को थ्री स्टार र बाङ्लादेशको १ टिम गरी ८ प्रतिश्प्रधी हुनेछन ।
नेपालको लिग बिजेता थ्री स्टार एएफिसि कपको फाइनल राउण्डमा छनोट भए लगतै यो प्रतियोगिता थ्री स्टारले जनवरीमा हुने फाइनल राउण्डको तयारिको रुपमा लिनेछ । थ्री स्टारको लागी नेपाल का स्टार स्ट्राइकर बिमल घर्ती मगर पनि खेल्नेछन ।