default_image

3 years ago

December 4, 2020

सुआरेज कोरोनामुक्त

एजेन्सी – स्पेनिस क्लब एट्लेटिको म्याड्रिडका उरुग्वेली फरवार्ड लुइस सुआरेज कोरोना संक्रमणमुक्त भएका छन् । बिहीबार कोरोना नेगेटिभ नतिजा आएसँगै सुआरेजले करिब दुई सातापछि कोरोनामुक्त भएका हुन् । उनी शुक्रबारदेखि टोलीको प्रशिक्षणमा सामेल हुनेछन् । सुआरेजलाई दुई साताअघि अन्तर्राष्ट्रिय ब्रेक दौरान कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनी स्पेन फर्किएका थिए । यस अवधिमा […]

26 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब एट्लेटिको म्याड्रिडका उरुग्वेली फरवार्ड लुइस सुआरेज कोरोना संक्रमणमुक्त भएका छन् ।

बिहीबार कोरोना नेगेटिभ नतिजा आएसँगै सुआरेजले करिब दुई सातापछि कोरोनामुक्त भएका हुन् । उनी शुक्रबारदेखि टोलीको प्रशिक्षणमा सामेल हुनेछन् । सुआरेजलाई दुई साताअघि अन्तर्राष्ट्रिय ब्रेक दौरान कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनी स्पेन फर्किएका थिए ।

यस अवधिमा ३३ वर्षीय सुआरेजले बार्सिलोना, भ्यालेन्सिया, लोकोमोटिभ मस्को र बायर्नम्युनिखविरुद्धको महत्वपुर्ण चार खेल गुमाएका थिए । सुआरेजविना एट्लेटिको म्याड्रिडले गोलरक्षक मार्क आन्दर टेर स्टेगनको गल्तीमा बार्सिलोनालाई हराएको थियो । यस्तै टोनी लाटोको आत्मघाती गोलमा एट्लेटिकोले भ्यालेन्सियालाई हराएको थियो भने बायर्नसँग बराबरी खेल्न सफल भएको थियो ।

सुआरेज शनिबार रियल भालाडोलिडविरुद्धको खेलमा उपलब्ध हुन सक्नेछन् । त्यसपछि बुधबार रेडबुल साल्जवर्गविरुद्धको च्याम्पियन्स लिगमा सुआरेज टोलीमा रहनेछन् । यो खेल एट्लेटिकोको लागि नकआउट चरण प्रवेश गर्न निकै महत्त्वपुर्ण छ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.