default_image

5 years ago

December 10, 2020

प्रशिक्षक कालिनले राजिनामा दिए

134 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले पदबाट राजिनामा दिएका छन् । कालिनले नोभेम्बर १ मा बुझाएको राजिनामा एन्फा कार्यसमितिको बिहीबार बसेको बैठकले स्वीकृत गरेको हो ।

कालिन सन् २०१९ मार्चमा नेपालको प्रशिक्षक नियुक्त भएका थिए । कालिनको नेतृत्वमा नेपालले १२ खेल खेल्दा १ जित, ३ बराबर र ८ हारको नतिजा निकालेको थियो । उनको प्रशिक्षणमा नेपालले सबै खेल आफूभन्दा माथिल्लो वरियतामा रहेको टोलीसँग खेलेको थियो ।

कालिन हाल स्वीडेनमा रहेको र त्यहाँबाट सरकारले युरोपबाहिर जान प्रतिबन्ध लगाएका कारण उनी पछिल्लो महिना भएको मैत्रीपूर्ण खेलको तयारीमा आउन पाएका थिएनन् । एन्फाले त्यसपछि उनीसँग छलफल गर्दा दुवै पक्षले सम्झौता रद्द गर्नु नै उचित निर्णय हुने बुझेका थिए । फेब्रुअरी अन्तिमसम्म करार सम्झौता रहेपनि सहमतिमा पद छाडेपछि एन्फाले सेप्टेम्बरसम्म पूर्ण तलब दिंदै कालिनलाई बिदा गरेको छ ।

कालिनको नेतृत्वमा नेपालले विश्वकप छनोटको ५ खेलमा १ जित र ४ हारको नतिजा निकालेको थियो । त्यसबाहेक नेपालले मैत्रीपूर्ण खेलमा पनि औसत नतिजा निकाल्दै आएको थियो । सन् २०२० मा हुने तय भएको साफ च्याम्पियनसिपलाई लक्षित गर्दै कालिनको आगमन भएपनि कोरोना संक्रमणका कारण उक्त प्रतियोगिता सरेको थियो । कालिनको नेतृत्वमा नेपालले दक्षिण एसियाको कुनै टोलीसँग पनि खेलेन ।

कालिनको प्रस्थानसँगै एन्फाले हाललाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी बालगोपाल महर्जनलाई सुम्पिएको छ । एन्फाले मुख्य प्रशिक्षकमा विदेशी प्रशिक्षक नियुक्त गर्नुको विकल्प भने छैन । मुख्य प्रशिक्षकले कम्तिमा प्रो लाइसेन्स प्राप्त गरेको हुनुपर्नेमा नेपालमा कुनै प्रशिक्षकसँग पनि सो योग्यता नभएका कारण विदेशी प्रशिक्षक नियुक्ति प्रक्रिया चाडैं सुरु हुनेछ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.