default_image

3 years ago

December 14, 2020

च्याम्पियन्स लिगको ‘ड्र’ आज

एजेन्सी – यो सिजनको यूईएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको ‘ड्र’ सोमबार हुँदैछ । ड्र नेपाली समयअनुसार अपरान्ह ४:४५ बजे हुनेछ । ‘ड्र’ को समीकरण अनुसार यसपटक क्याटलान क्लब बार्सिलोनाले प्रि–क्वाटरफाइनलमा बलियो प्रतिद्वन्द्वीको सामना गर्नुपर्ने पक्का छ । समूहको उपविजेता बन्दै अघि बढेको बार्सिलोनाले यसपटक अन्तिम १६ मा समूह विजेता लिभरपुल, चेल्सी, म्यानचेस्टर सिटी, बायर्न म्युनिख, बोरुसिया डर्टमुन्ड र पीएसजीमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नुपर्ने […]

31 views

0 Bookmark

एजेन्सी – यो सिजनको यूईएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको ‘ड्र’ सोमबार हुँदैछ । ड्र नेपाली समयअनुसार अपरान्ह ४:४५ बजे हुनेछ ।

‘ड्र’ को समीकरण अनुसार यसपटक क्याटलान क्लब बार्सिलोनाले प्रि–क्वाटरफाइनलमा बलियो प्रतिद्वन्द्वीको सामना गर्नुपर्ने पक्का छ । समूहको उपविजेता बन्दै अघि बढेको बार्सिलोनाले यसपटक अन्तिम १६ मा समूह विजेता लिभरपुल, चेल्सी, म्यानचेस्टर सिटी, बायर्न म्युनिख, बोरुसिया डर्टमुन्ड र पीएसजीमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।

रियल म्याड्रिड एकै राष्ट्रको भएकाले बार्सिलोनाले रियल म्याड्रिडबाहेक अरु समूह विजेतासँग खेल्नुपर्नेछ । समूह चरणको अन्तिम खेलमा युभेन्ट्ससँग ३–० ले पराजित भएपछि हेड टु हेडमा बार्सिलोना समूह ‘जी’ को उपविजेतामा सीमित बनेको थियो । विशेषगरी साविकको विजेता बायर्न म्युनिख, लिभरपुल, म्यानचेस्टर सिटी र पीएसजी बार्सिलोनाको लागि बलियो प्रतिद्वन्द्वी हुन सक्दछ ।

चेल्सी र बोरुसिया डर्टमुन्ड बार्सिलोनाका लागि केही सहज हुनेछन् । तर दुवै टोलीको प्रदर्शन पछिल्लो समय लयमा नै रहेको छ । प्रि–क्वाटरफाइनलको पहिलो लेगका खेलहरु फेब्रुअरी १६ र १७ तथा २२ र २३ मा हुनेछ । दोस्रो लेग ९ र १० तथा दोस्रो लेग १६ र १७ मार्चमा हुनेछ ।

समूह विजेता – बायर्न म्युनिख, रियल म्याड्रिड, म्यानचेस्टर सिटी, लिभरपुल, चेल्सी, बोरुसिया डर्टमुन्ड, युभेन्ट्स र पीएसजी

समूह उपविजेता – एट्लेटिको म्याड्रिड, बोरुसिया मोन्चेनग्लाडवाक, पोर्टाे, एटलान्टा, सेभिया, लाजियो, बार्सिलोना र आरबी लाइप्जिग

April 27, 2024

बर्नलीसँग म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – रेलिगेसन जोनमा रहेको बर्नली विरुद्ध बराबरी खेलेको म्यानचेस्टर युनाइटेडले पाँचौं स्थानमा रहेको टोटेनहम हटस्पर सँग अंकदूरी घटाउने मौका गुमाएको छ । इंग्लिस प्रिमियर लिगमा शनिबार भएको खेलमा युनाइटेड र बर्नलीले १-१ को बराबरी खेलेका हुन् । दोस्रो हाफमा नै लिएको अग्रता अन्त्यसम्म बचाउन नसक्दा युनाइटेड बराबरीमा रोकिएको हो । ७९औं मिनेटमा डिफेन्समा भएको […]

April 27, 2024

महालक्ष्मीसँग आयोजक गोदावरी ‘ए’को हार

ललितपुर– गोदावरी नगरपालिकामा प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा उद्घाटन खेलमा ललितपुरको महालक्ष्मी नगरपालिकाले आयोजक गोदावरी नगरपालिकाको ए टोलीलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै क्वार्टरफाइनलमा पुगेको छ । निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि खेल सिधै पेनाल्टी सुटआउटमा […]

April 27, 2024

सुदूरपश्चिमको जितमा यशोदाको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद) – यशोदा चिरालको ह्याट्रिकमा सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा शनिबार बागमती प्रदेशलाई एकपक्षीय खेलमा ६–० ले हराएको छ। छनोटमा सुदूरपश्चिमको यो तेस्रो जित हो । बागमतीको भने यो लगातार चौथो हार हो। सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा सुदूरपश्चिमले आधा दर्जन गोल गर्ने क्रममा यशोदाले २६ औं मिनेटमा गोलको खाता खोलिन् । २९औं मिनेटमा […]

Success

Thank you for your time.