9 years ago
September 19, 2016
आज भएको बोर्डोलोइ कपको खेलमा रुस्लान थ्रीस्टार क्लबले ठुलो अन्तरको जीत हात परेको छ । ६-१को ठुलो फराकिलो जीत हात पर्दा थ्रीस्टारका लागि पाँच खेलाडिले गोल गरेका थिए ।

खेलको सुरुवातबाटनै आक्रमक देखिएको थ्रीस्टारका लागि पहिलो गोल तेस्रो मिनटमा गरेका थिए । थ्रीस्टारका लागि दोस्रो गोल मार्टिनलेनै २२औ मिनटमा र निराजन खड्काले ३९औ मिनटमा तेस्रो गोल गरेका थिए । ३-१मा सकिएको पहिलो हाल्फमा बारक एफसी नागाल्याण्ड्का लागि ४३औ मिनटमा एटाईबानोले गोल गरेका थिए ।
पहिलो हाल्फमा उत्कृष्ट खेलेको थ्रीस्टारले दोस्रो हाल्फको सुरुबाटनै आफ्नो लय कयम राख्यो । दोस्रो हाल्फमा थ्रीस्टारका लागि मिन बुद्द चेम्जोङ, सुनिल बल र बिक्रम लामाले क्रमश: ५१’ ७३’ र ८०औ मिनटमा गोल गरेका थिए ।
थ्रीस्टारले अब अर्को खेल ओइल ईन्डिया एफसीसँग शुक्रबार खेल्ने छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]