default_image

3 years ago

December 13, 2020

दबाबमा बार्सिलोना

एजेन्सी – बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले ला लिगामा आफ्नो टोलीले पुनरागमन गर्न सक्ने विश्वास व्यक्त गरेका छन् । लगातार खराब प्रदर्शन गरेको बार्सिलोनाको दबाबमा छ । ला लिगामा एक पछि अर्को कमजोर प्रदर्शन गरेको बार्सिलोना पछिल्लो च्याम्पियन्स लिग खेलमा युभेन्ट्ससँग ३–० ले पराजित भएको थियो । त्यसका वावजुद पनि आइतबार हुने खेल अघि कोम्यानले पुनरागमनको […]

30 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले ला लिगामा आफ्नो टोलीले पुनरागमन गर्न सक्ने विश्वास व्यक्त गरेका छन् । लगातार खराब प्रदर्शन गरेको बार्सिलोनाको दबाबमा छ ।

ला लिगामा एक पछि अर्को कमजोर प्रदर्शन गरेको बार्सिलोना पछिल्लो च्याम्पियन्स लिग खेलमा युभेन्ट्ससँग ३–० ले पराजित भएको थियो । त्यसका वावजुद पनि आइतबार हुने खेल अघि कोम्यानले पुनरागमनको आशा राखेका छन् । आइतबार बार्सिलोनाले लेभान्टेको सामना गर्नेछ । रियल शीर्षस्थानको एट्लेटिको म्याड्रिड भन्दा १२ अंकले पछाडि छ ।

‘यदि मलाई आफ्ना खेलाडीमा विश्वास छै भने मैले काम गर्न सक्दिन,’ शनिबार पत्रकार सम्मेलनमा कोम्यानले भने, ‘म सहज महसुस गरिहेको छु । हामी सुधारका लागि प्रयास गरिरहेका छौं । हामीले राम्रो गर्नुपर्नेछ ।’

कोम्यानले टोलीको रक्षापंक्तिमा बढी ध्यान दिनुपर्ने देखिएको छ । ‘पछिल्ला दुई खेलमा हामीले मौका सृजना गरेका थियौं । तर उल्टो गोल खायौं,’ कोम्यानले भने, ‘हामीले रक्षापक्तिमा सुधार गर्नुपर्नेछ । त्यसमा म धेरै निराश पनि छैन । कतिपय गल्ति व्यक्तिगत हुन्छ । जसले गर्दा पेनाल्टी र कर्नर हुन्छन् ।’

युभेन्ट्सविरुद्ध टोलीको प्रर्दशन कमजोर रहेको र दबाबमा रहेको बताए । त्यसका वावजुद पनि टोलीले १८ मध्ये १५ अंक बटुलेको कोम्यानले स्मरण गराए । बार्सिलोनाका कतिपय समर्थकले रिकी पुजलाई बढी मौका दिनुपर्ने बताउँदै आएका छन् ।

‘उनले युभेन्ट्सविरुद्ध बेन्चबाट आएर पनि राम्रो गरेका थिए । उनी अन्तिम केहि मिनेटका लागि खेलेका थिए,’ कोम्यानले भने, ‘खेलाडीको प्रदर्शनका आधारमै मैले टोली बनाउने हो । म उत्कृष्ट ११ को खोजीमा हुन्छु ।’

उनले एउटा खेलाडीमा मात्र केन्द्रित हुन नमिल्ने बताएका छन् । ‘प्रशिक्षकले प्रमाणीको विश्लेषण गर्ने हो । खेलाडीको क्षमता अनुसार टोलीमा तामेल गराउने हो,’ कोम्यानले भने, ‘हामीसँग २० भन्दा बढी खेलाडी छन् । यदि त्यहाँ छैनन् भने केहि समस्या हुन सक्छ ।’

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.