default_image

3 years ago

December 13, 2020

फुटबल टोलीको प्रशिक्षण सुरु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोट अन्तर्गत मार्च महिनामा हुने खेलका लागि दीर्घकालीन तयारी सुरु गरेको छ । कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले आइतबारदेखि एन्फा कम्प्लेक्समा प्रशिक्षण सुरु गरेका हुन् । बन्द प्रशिक्षणमा बोलाइएका ५८ खेलाडीलाई दुई समूहमा विभाजन गरेर प्रशिक्षण गर्ने कार्यक्रम रहेको छ । आइतबार विहानी सेसनमा २७ खेलाडीले भाग […]

30 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोट अन्तर्गत मार्च महिनामा हुने खेलका लागि दीर्घकालीन तयारी सुरु गरेको छ ।

कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले आइतबारदेखि एन्फा कम्प्लेक्समा प्रशिक्षण सुरु गरेका हुन् । बन्द प्रशिक्षणमा बोलाइएका ५८ खेलाडीलाई दुई समूहमा विभाजन गरेर प्रशिक्षण गर्ने कार्यक्रम रहेको छ । आइतबार विहानी सेसनमा २७ खेलाडीले भाग लिएका थिए । पहिलो सेसनमा सिनियर टोलीका अधिकांश खेलाडी सहभागी थिए ।

प्रशिक्षक महर्जनले चार चरणमा खेलाडी छनोट गरिने र योजनाबद्ध रुपमा प्रशिक्षण अगाडी बढ्ने बताएका छन् । ‘हामीसँग १ सय ३ दिन तयारीका लागि छ । अहिले ५८ खेलाडी संख्या धेरै देखिएपनि कोरोना संक्रमणको अवस्थाले गर्दा यति धेरै खेलाडी बोलाएका हौँ । अब हामीले चार चरणमा खेलाडी छनोट गर्ने योजना बनाएका छौँ,’ उनले भने ।

प्रशिक्षण महर्जनले लिगको प्रदर्शनका आधारमा नयाँ खेलाडी पनि थपिएको बताए । ‘ हामीले केहि नयाँ खेलाडी थपेका छौँ । खेलाडीहरुबीच प्रतिस्पर्धा बढ्नुले टोलीलाई नै फाइदा हुने हो । केहि पुराना खेलाडी पनि टोलीमा फर्केका छन् । तयारी राम्रो हुने विश्वास लिएको छु,’ महर्जनले थपे ।

महर्जनले विश्वकप छनोट अन्य प्रतियोगिताभन्दा फरक रहने बताए । ‘हामी लामो समयपछि दशरथ रंगशालामा खेल्नेछौं । विश्वकप छनोट प्रतियोगिताजस्तो हुँदैन । हामीले सकेसम्म राम्रो प्रदर्शन गरेर सकारात्मक नतिजा ल्याउने प्रयास गर्नेछौं । त्यसका लागि टोली सक्षम छ भन्ने मैले देखेको छु,’ उनले भने ।

घोषणा गरिएको ५८ सदस्यीय टोली :

गोलरक्षक : किरण कुमार लिम्बु, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की, विशाल सुनार, अर्पण कार्की, देव लिम्बु – ७ जना

डिफेन्डर : देवेन्द्र तामाङ, रजिन धिमाल, विराज महर्जन, विकास खवास, सुमन अर्याल, विकास तामाङ, अनन्त तामाङ, निशान खड्का, छिरिङ गुरुङ, दिनेश राजवंशी, रन्दिप पौडेल, सरोज दाहाल, अमित तामाङ, अजित भण्डारी, आदित्य चौधरी, सुरज विक, आशिष गुरुङ, दिलेन लोक्तान – १८ जना

मिडफिल्डर : रोहित चन्द, सुजल श्रेष्ठ, विशाल राई, मिक्छेन तामाङ, सन्तोष तामाङ, हेमन्त थापामगर, रजत तिवारी, जय गुरुङ, एरिक विष्ट, अशोक थापा, सुभाष गुरुङ, दिपेश आलेमगर, तेज तामाङ, रवी पासवान, पुजन उपरकोटी, त्रिदेव गुरुङ, सेसेहाङ आङदेम्बे, संजोक राई, नितिन थापा, सुनिल बल – २० जना

फरवार्ड : विमल घर्ति मगर, अभिषेक रिजाल, रेजिन सुब्बा, जर्जप्रिन्स कार्की, भरत खवास, नवयुग श्रेष्ठ, दर्शन गुरुङ, राजेश परियार, विमल राना, अन्जन विश्व, राजीव लोप्चन, आशिष लामा, प्रिजेन तामाङ – १३ जना

बंगलादेश भ्रमणपछि टोलीमा थप गरिएका २४ खेलाडी :

विशाल सुनार, अर्पण कार्की, देव लिम्बु, विराज महर्जन, विकास तामाङ, निशान खड्का, दिनेश राजवंशी, रन्दिप पौडेल, आदित्य चौधरी, सुरज विक, आशिष गुरुङ, सन्तोष तामाङ, हेमन्त थापामगर, रजत तिवारी, जय गुरुङ, अशोक थापा, दिपेश आलेमगर, त्रिदेव गुरुङ, संजोक राई, विमल घर्ति मगर, रेजिन सुब्बा, राजेश परियार, राजीव लोप्चन, प्रिजेन तामाङ

थप तस्बिर :

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.