default_image

3 years ago

December 13, 2020

लेभान्तेविरुद्ध मेस्सीको गर्विलो इतिहास

एजेन्सी – बार्सिलोनाको चर्चा गर्दा लिओनल मेस्सीको प्रसंग स्वत जोडिएर आउँछ । तर यसपटकको उनको सहभागितामा पनि टोलीले ला लिगामा कमजोर प्रदर्शन गरिरहेको छ । टोलीको कमजोर प्रदर्शनकै कारण मेस्सीको ओलोचना पनि हुने गरेको छ । आइतबार ला लिगामा बार्सिलोनाले लेभान्तेको सामना गर्दैछ । इतिहास पल्टाउँदा अर्जेन्टिनी स्टार लेभान्तेका लागि भने भारी पर्दै आएको तथ्यांक […]

31 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाको चर्चा गर्दा लिओनल मेस्सीको प्रसंग स्वत जोडिएर आउँछ । तर यसपटकको उनको सहभागितामा पनि टोलीले ला लिगामा कमजोर प्रदर्शन गरिरहेको छ ।

टोलीको कमजोर प्रदर्शनकै कारण मेस्सीको ओलोचना पनि हुने गरेको छ । आइतबार ला लिगामा बार्सिलोनाले लेभान्तेको सामना गर्दैछ । इतिहास पल्टाउँदा अर्जेन्टिनी स्टार लेभान्तेका लागि भने भारी पर्दै आएको तथ्यांक छ ।

मेस्सीले जहिले पनि लेभान्तेविरुद्ध उच्च प्रदर्शन गर्दै आएका छन् । ला लिगामा लेभान्तेविरुद्धका १९ खेलमा मेस्सीले २१ गोल र १६ असिस्ट गरेका छन् । जसमा १६ खेलमा जित, २ मा बराबरी र १ खेलमा मात्र हार बेहोरेको छ । त्यसअर्थ पनि लेभान्ते उनीसँग विशेष चनाखो हुन सक्छ ।

मेस्सीको लेभान्तेविरुद्धको उच्च प्रदर्शनको चर्चा सन् २००७/०८ बाट सुरु हुन्छ । यद्दपी त्यसअघि पनि उनले २ पटक लेभान्तेविरुद्ध खेलेका थिए । तर, त्यसमा उनी केन्द्रमा थिएनन् । त्यो दिन पनि उनले गोल गर्नुका साथै २ असिस्ट गरेका थिए ।

त्यसपछि भने उनले लेभोन्टेको सामना गर्न २०१०/११ को सिजनसम्म कुर्नुपरेको थियो । त्यति बेला पनि उनले १ खेलमात्र त्यो टोलीविरुद्ध खेले । २०१४/१५ को सिजन भने स्मरणीय छ । त्यति बेलाको २ खेलमा उनले ४ गोल गर्नुका साथै ३ असिस्ट गरेका थिए ।

२०१७/१८ को सिजनको पहिलो खेलमा उनले १ गोल गरे भने अर्को गोलका लागि असिस्ट गरे । दोस्रो खेलमा भने मेस्सी थिएनन् । २०१८/१९ को सिजनमा उनले २ खेलमा ४ गोल र २ असिस्ट गरे ।

गत सिजन पनि उनले दुवै खेल खेले । गत सिजन अवे खेलमा बार्सिलोनाले ३–१ को अप्रत्यासित हार बेहोर्दा एक गोल मेस्सीले नै गरे । पछि क्याम्प नोउमा २–१ को जिनमा अन्सु फातीले गोल गर्दा मेस्सीले असिस्ट गरेका थिए ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.