default_image

3 years ago

December 13, 2020

टोटेनहम बराबरीमा रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार अंक तालिकाको शीर्ष स्थानमा रहेको टोटेनहम हट्सपर क्रिस्टल प्यालेससँग १-१ को बराबरीमा रोकिएको छ । प्यालेसको घरेलु मैदान सेल्हर्स्ट पार्कमा टोटेनहमले पहिलो हाफमा अग्रता लिएपनि दोस्रो हाफमा त्यसलाई जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो । पहिलो हाफको २३ औं मिनेटमा फरवार्ड ह्यारी केनले गोल गर्दै अग्रता दिलाएका थिए […]

29 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार अंक तालिकाको शीर्ष स्थानमा रहेको टोटेनहम हट्सपर क्रिस्टल प्यालेससँग १-१ को बराबरीमा रोकिएको छ ।

प्यालेसको घरेलु मैदान सेल्हर्स्ट पार्कमा टोटेनहमले पहिलो हाफमा अग्रता लिएपनि दोस्रो हाफमा त्यसलाई जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो । पहिलो हाफको २३ औं मिनेटमा फरवार्ड ह्यारी केनले गोल गर्दै अग्रता दिलाएका थिए । उनले ह्युङ मिन सनको पासलाई २५ यार्ड टाढाबाट गरेको प्रहारमा गोलरक्षक भिसेन्टे गुआइटा झुक्किएका थिए ।

दोस्रो हाफमा टोटेनहमले रक्षात्मक रणनीतिमा खेल्दा क्रिस्टल प्यालेसले लगातार आक्रमण बुनेको थियो । ८१ औं मिनेटमा एबेरेची एजेको फ्रिकिकमा कप्तान तथा गोलरक्षक ह्युगो लोरिसले बल जोगाउन नसक्दा जेफ्री स्लपले बराबरी गोल फर्काए । त्यसअघि गोलरक्षक गुआइटाले केनको प्रहारमा उत्कृष्ट बचाउ गर्दै खेल बराबरीमा राखेका थिए ।

इन्ज्युरी समयमा गुआइटाले एरिक डाएरको फ्रिकिकमा उत्कृष्ट डाइभ दिंदै बचाउ गर्दा प्यालेस अंक खोस्न सफल भएको थियो । यस बराबरीसँगै शीर्षस्थानको टोटेनहमको १२ खेलमा २५ अंक भएको छ । दोस्रो स्थानको लिभरपुलले एक खेल कम खेल्दै २४ अंक जोडेको छ । लिभरपुलले केहि बेरमा नै फुलहमको सामना गर्नेछ । प्यालेस भने १२ खेलमा १७ अंकसहित ११ औं स्थानमा छ ।

April 27, 2024

बर्नलीसँग म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – रेलिगेसन जोनमा रहेको बर्नली विरुद्ध बराबरी खेलेको म्यानचेस्टर युनाइटेडले पाँचौं स्थानमा रहेको टोटेनहम हटस्पर सँग अंकदूरी घटाउने मौका गुमाएको छ । इंग्लिस प्रिमियर लिगमा शनिबार भएको खेलमा युनाइटेड र बर्नलीले १-१ को बराबरी खेलेका हुन् । दोस्रो हाफमा नै लिएको अग्रता अन्त्यसम्म बचाउन नसक्दा युनाइटेड बराबरीमा रोकिएको हो । ७९औं मिनेटमा डिफेन्समा भएको […]

April 27, 2024

महालक्ष्मीसँग आयोजक गोदावरी ‘ए’को हार

ललितपुर– गोदावरी नगरपालिकामा प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा उद्घाटन खेलमा ललितपुरको महालक्ष्मी नगरपालिकाले आयोजक गोदावरी नगरपालिकाको ए टोलीलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै क्वार्टरफाइनलमा पुगेको छ । निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि खेल सिधै पेनाल्टी सुटआउटमा […]

April 27, 2024

सुदूरपश्चिमको जितमा यशोदाको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद) – यशोदा चिरालको ह्याट्रिकमा सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा शनिबार बागमती प्रदेशलाई एकपक्षीय खेलमा ६–० ले हराएको छ। छनोटमा सुदूरपश्चिमको यो तेस्रो जित हो । बागमतीको भने यो लगातार चौथो हार हो। सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा सुदूरपश्चिमले आधा दर्जन गोल गर्ने क्रममा यशोदाले २६ औं मिनेटमा गोलको खाता खोलिन् । २९औं मिनेटमा […]

Success

Thank you for your time.