default_image

3 years ago

December 14, 2020

मेस्सीको गोलमा बार्सिलोनाको जित

एजेन्सी – कप्तान लियोनेल मेस्सीको एकमात्र निर्णायक गोलमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा लेभान्टेमाथि १–० को झिनो जित निकालेको छ । क्याम्पनोउमा बल पोसेसनमा पकड बनाएपनि बार्सिलोनाले गोलको निकै संघर्ष गर्नुपरेको थियो । बार्सिलोनाका अधिकांश प्रहारमा लेभान्टेका गोलरक्षक एइटर बाधक बनेका थिए । खेलको १२औं मिनेटमा पाहुना टोली लेभान्टेले सुवर्ण अवसर पाएपनि डि फ्रुटोसको […]

33 views

0 Bookmark

एजेन्सी – कप्तान लियोनेल मेस्सीको एकमात्र निर्णायक गोलमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा लेभान्टेमाथि १–० को झिनो जित निकालेको छ ।

क्याम्पनोउमा बल पोसेसनमा पकड बनाएपनि बार्सिलोनाले गोलको निकै संघर्ष गर्नुपरेको थियो । बार्सिलोनाका अधिकांश प्रहारमा लेभान्टेका गोलरक्षक एइटर बाधक बनेका थिए ।

खेलको १२औं मिनेटमा पाहुना टोली लेभान्टेले सुवर्ण अवसर पाएपनि डि फ्रुटोसको प्रहार गोलरक्षक मार्क आन्दर टेर स्टेगनको हातमा पुगेको थियो । १६औं मिनेटमा मार्टिन ब्रेथवेटको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । २१औं मिनेटमा प्तान लियोनेल मेस्सीको फ्रिकिकमा ग्रिजमनको हेडरलाई डिफेन्डरले क्लियर गरेपनि क्लेमेन्ट लेङ्लेटले भेट्न सकेन ।

२७औं मिनेटमा जोर्डी अल्वाको क्रसमा मेस्सीको फ्रिहेडरले पोस्टको गित लिन सकेन । ३९औं मिेनटमा मेस्सी र ग्रिजमनको समन्वयमा बनेको मुभमा गोलरक्षक बाधक बने । ७२औं मिनेटमा ब्रेथवेटले फ्रि हेडरको अवसर पाएपनि उनको हेडर आकासियो । ७६औं मिनेटमा फ्रान्की डि जोङको पासमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए ।

जितसँगै बार्सिलोना ११ खेलबाट १७ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित लेभान्टे ११ अंक जोडेर १८औं स्थानमा रहेको छ ।

April 28, 2024

शीर्ष टोली कोशी रोकियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला लिग छनोट लिगको शीर्ष टोली कोशी प्रदेश बराबरीमा रोकिएको छ । अघिल्ला ४ खेलमा शत प्रतिशत जित निकालेको कोशीलाई आइतबारको दोस्रो खेलमा मधेश प्रदेशले गोलरहित बराबरीमा रोकेको हो । ५ खेलपछि ४ जित र १ बराबरका १३ अंकसहित शीर्षस्थानमा यथावत छ । समान खेलमा ७ अंकसहित मधेश चौथो स्थानमा छ […]

April 28, 2024

टोटेनहममाथि आर्सनलको जित

एजेन्सी – शीर्षस्थानको आर्सनलले इंग्लिस प्रिमियर लिगमा विजय यात्रालाई जारी राखेको छ । आर्सनलले आइतबार भएको खेलमा शीर्ष पाँचको टोटनहमलाई ३–२ ले हराएको छ । खेलमा ३–० ले पछि परेरपनि टोटेनहम २ गोल फर्काउन सफल भएको थियो । यद्दपी टोली राबरी गर्न भने असफल रह्यो । आर्सनलको जितमा बुकायो साका, काइ हार्भेट्जले गोल गरे । […]

April 28, 2024

महिला लिग छनोटमा कर्णालीको तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– कर्णाली प्रदेशले महिला लिग छनोटमा तेस्रो जित हासिल गरेको छ । घरेलु मैदानमा कर्णालीले लुम्बिनी प्रदेशलाई ४–१ ले हराएको हो । सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन सुनकला राईले २, वर्षा ओली र सन्जिता बम्जोङले समान १ गोल गरे । लुम्बिनकी कप्तान ममता पुनले गोल फर्काइन् । १८ […]

Success

Thank you for your time.