default_image

3 years ago

December 14, 2020

मिलान हारबाट जोगियो, इन्टर मिलानको पूनरागमन जित

एजेन्सी – इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको एसी मिलान पार्मासँगको हारबाट जोगिएको छ । घरेलु मैदानमा दुई गोलले पछि परेको अवस्थामा थियो हर्नान्डेजले दुई गोल गरेपछि मिलान हारबाट जोगिएको हो । पार्माका हेर्नानी र जस्मिन कुरटिकले गोल गर्दा मिलानका थियो हर्नान्डेजले दुवै गोल गरेका थिए । मिलानोमा आइतबार राति भएको खेलमा घरेलु टोली खेलको […]

31 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको एसी मिलान पार्मासँगको हारबाट जोगिएको छ । घरेलु मैदानमा दुई गोलले पछि परेको अवस्थामा थियो हर्नान्डेजले दुई गोल गरेपछि मिलान हारबाट जोगिएको हो ।

पार्माका हेर्नानी र जस्मिन कुरटिकले गोल गर्दा मिलानका थियो हर्नान्डेजले दुवै गोल गरेका थिए । मिलानोमा आइतबार राति भएको खेलमा घरेलु टोली खेलको १३औं मिनेटमा पछि परेको थियो । जेर्भिन्होको पासमा हेर्नानीले गोल गर्दै पार्मालाई अग्रता दिलाएका थिए ।

२४औं मिनेटमा स्यामुइल क्यास्टेलेजोको गोलले भिएआरबाट मान्यता नपाउदा मिलान बराबरीबाट चुक्यो । ५६औं मिनेटमा मिलान २–० ले पछि पर्‍यो । जस्मिन कुरटिकले हेर्नानीको पासमा गोल गरेका थिए ।

त्यसको दुई मिनेटपछि नै थियो हर्नान्डेजले हकान कलहानोग्लुको पासमा गोल गर्दै मिलानलाई खेलमा फर्कने संकेत दिए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा हर्नान्डेजले व्यक्तिगत दोस्रो गोल गर्दै मिलानलाई २–२ गोलको बराबरीमा ल्याए ।

यो बराबरीसँगै मिलान ११ खेलबाट २७ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । पार्मा ११ अंक जोडेर १४औं स्थानमा रहेको छ ।

सिरी ‘ए’ कै अर्काे खेलमा इन्टर मिलानले १–० ले पछि परेको अवस्थामा काग्लिएरीमाथि ३–१ को पूनरागमन जित हात पारेको छ । इन्टरका निकोलो बरेल्ला, ड्यानियल डि एम्ब्रुसो र रोमेलु लुकाकुले गोल गरे । घरेलु टोलीका रिकार्डाे सोटटिलले गरेको गोल सान्त्वना बन्यो ।

यो जितसँगै इन्टन मिलान ११ खेलबाट २४ अंक जोडेर दोस्रो स्थानमा यथावत रहँदा पराजित काग्लिएरी १२ अंक जोडेर ११औं स्थानमा रहेको छ ।

April 28, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल खालिज माथि १-० को जित निकालेको हो । अल नासरको जितमा डिफेन्डर आईमेरीक लापोर्टले खेलको एकमात्र गोल गरे । ६८औं मिनेटमा मार्सेलो ब्रोजोभिचको क्रसमा उनले हेडर मार्फत गोल गर्दै खेलमा आफ्नो टोलीलाई जित दिलाए । जित पछि […]

April 28, 2024

मियामीको जितमा मेस्सीको २ गोल

एजेन्सी – कप्तान लयोनल मेस्सीको प्रभावशाली प्रदर्शनमा इन्टर मियामीले अमेरिकन मेजर लिग सकर एमएलएस) आइतबार सहज जित निकालेको छ। मेस्सीले २ गोल गरेपछि मियामीले घरेलु टोली न्यु इङ्ल्यान्ड रिभोलुसनलाई ४-१ ले हराएको ग हो।पहिलो मिनेटमै कार्लोस गिलको पासमा थोमस चान्कालेले गोल गर्दे न्यु इङ्ल्यान्डलाई सुरुआती अग्रता दिलाए। ३२औं मिनेटमा मेस्सीले गोल गरेपछि पहिलो हाफमा १-१ […]

April 28, 2024

बायर लिभकुसन अझै अपराजित

एजेन्सी – यो सिजन सानदार प्रदर्शन गर्दै जर्मन बुन्डेसलिगाको च्याम्पियन बनिसकेको बायर लेभरकुसेनले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । जाभी अलन्सोको प्रशिक्षणमा गज्जवको प्रदर्शन गरिरहेको बायर लिभरकुसनले बुन्डेसलिगामा शनिबार राति भिएफबी स्टुर्टगार्टसँग २–२ गोलको बराबरी खेल्दै आफ्नो अपराजित यात्रा ४६ खेलसम्म पु¥याएको छ । लिभरकुसनले पछिल्ला तीन खेलमा अन्तिम समयमा गोल गर्दै हार टारिरहेको […]

Success

Thank you for your time.