default_image

3 years ago

December 14, 2020

जिदानद्वारा इस्कोलाई बेवास्ता

एजेन्सी – एट्लेटिको म्याड्रिडसँगको डर्बीअघि रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले इस्कोले खेल्न सक्ने बताएका थिए । तर, इस्कोले त्यो खेलमा मौका पाएनन् । त्यसको कारण उनले लामो समययता ठूलो खेल खेलेका छैनन् । स्पेनका अन्तर्राष्ट्रिय इस्कोले यो सिजन च्याम्पियन्स लिगमा १३ मिनेट खेलेका थिए । ला लिगामा उनले बार्सिलोना, सेभिल्ला वा एट्लेटिकोसँग मौका पाएनन् । […]

29 views

0 Bookmark

एजेन्सी – एट्लेटिको म्याड्रिडसँगको डर्बीअघि रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले इस्कोले खेल्न सक्ने बताएका थिए । तर, इस्कोले त्यो खेलमा मौका पाएनन् । त्यसको कारण उनले लामो समययता ठूलो खेल खेलेका छैनन् ।

स्पेनका अन्तर्राष्ट्रिय इस्कोले यो सिजन च्याम्पियन्स लिगमा १३ मिनेट खेलेका थिए । ला लिगामा उनले बार्सिलोना, सेभिल्ला वा एट्लेटिकोसँग मौका पाएनन् । जिदानले उनलाई धेरै मौका नदिएबाट बुझ्न सकिन्छ जनवरीको सरुवा बजारमा इस्कोले नयाँ क्लबको बाटो रोजुन् ।

इस्को आफै पनि धेरै मौका नपाएपछि रियल छाड्ने योजनामा हुन सक्छन् । सन् २०१३ मा रियलमा आबद्ध भएपनि उनीले खास छाप्न छाडेका छ्रैनन् । २८ वर्षे मिडफिल्डको सम्झौता २०२२ सम्म रहेपनि अब उनी रियलमा लामो समय रहने सम्भावना भने कमजोर हुँदै गएको देखिन्छ ।

जिदान आफै पनि इस्कोका प्रशंसक थिए । जिदानको टोलीका कुनै बेला मुख्य खेलाडी मध्ये पनि थिए । तर जति बेला उनका सन्देश सञ्चारमाध्यममा पुग्न थाले त्यसपछि जिदानको व्यहार परिवर्तन भएको बताइन्छ ।

पछिल्लो पटक इस्कोले काडिजविरुद्ध खेल्ने मौका पाएका थिए । तर मध्यान्तरमा उनलाई परिवर्तन गरिएको थियो । इस्कोले रियलमा आफ्नो महत्व गुमाइसकेका छन् भने जिदानले ढोका खोलिदिसकेका छन् ।

May 1, 2024

फुटबल टोली आज इङ्ल्यान्ड जाने

काठमाडौं (हाम्रो खेलकुद) – मैत्रीपूर्ण खेलका लागि तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीको भिसा आएपछि आजै राति‌ इङ्ल्यान्ड त्यसतर्फ जाने भएको छ। इङ्ल्यान्ड सीसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टोली मंगलबार त्यसतर्फ जाने तयारी थियो। तर भिसा नआएपछि टोलीको यात्रा रोकिएको थियो। २३ खेलाडीसहितको ३० सदस्यीय टोलीको‌ भिसा आएको अखिल नेपाल फुटबल संघ (एन्फा) को श्रोतले […]

May 1, 2024

बायर्न म्युनिख र रियल म्याड्रिडको बराबरी

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत पहिलो सेमीफाइनलको पहिलो लेगमा बायर्न म्युनिख र रियल म्याड्रिडले बराबरी खेलेका छन् । घरेलु मैदान आलियान्ज एरिनामा भएको खेलमा बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन पुगेको थियो । १-० ले पछि परेको अवस्था उल्ट्याउँदै बायर्नले हाफको सुरुवातमै गोलको अग्रता बनाएको हो । तर खेलको अन्त्यतिर रियलले बराबरी गोल […]

April 30, 2024

सागरको ह्याट्रिकमा पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सागर थिङले दोस्रो हाफमा गरेको ह्याट्रिक सहित पुल्चोक स्पोर्ट्स क्लबले सहिद स्मारक सि डिभिजन लिगमा मंगलबार सहज जित दर्ता गरेको छ । पुल्चोकले रानीवन स्पोर्ट्स क्लब माथि ४-० को सहज जित दर्ता गरेको हो । पुल्चोकका लागि सागर थिङले ह्याट्रिक गरे । उनले दोस्रो हाफमा मैदान प्रवेश गर्दा ८२औं मिनेट सहित […]

Success

Thank you for your time.