default_image

3 years ago

December 18, 2020

हाजार्ड अभ्यासमा फर्किए

एजेन्सी – रियल म्याड्रिडका फरवार्ड इडेन हाजार्ड बुधबार प्रशिक्षणमा फर्केका छन् । ला लिगामा आइतबार एइबारसँग हुने खेलअघि हाजार्ड प्रशिक्षणमा फर्केका हुन् । समूहगत अभ्यासमा फर्केका कारण उनी आइतबार खेल्ने सम्भावना देखिएको छ । नोभेम्बर २८ मा अल्भेससँगको सुरुवाती मिनेटमै हाजार्ड घाइते भएका थिए । मंगलबार एथलेटिक क्लबसँग सुरुवात गरेका खेलाडी बाहेककाले हाजार्डसँगै अभ्यास गरेका […]

31 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका फरवार्ड इडेन हाजार्ड बुधबार प्रशिक्षणमा फर्केका छन् । ला लिगामा आइतबार एइबारसँग हुने खेलअघि हाजार्ड प्रशिक्षणमा फर्केका हुन् । समूहगत अभ्यासमा फर्केका कारण उनी आइतबार खेल्ने सम्भावना देखिएको छ ।

नोभेम्बर २८ मा अल्भेससँगको सुरुवाती मिनेटमै हाजार्ड घाइते भएका थिए । मंगलबार एथलेटिक क्लबसँग सुरुवात गरेका खेलाडी बाहेककाले हाजार्डसँगै अभ्यास गरेका थिए ।

हाजार्ड पहिलो मिनेटमै घाइते भएपनि उनले खेल्ने प्रयास गरेका थिए । पछि खेल आधा घन्टा पुग्दा उनी मैदान बाहिरिएका थिए । त्यो उनको लगातार तेस्रो खेल थियो । लगातार सुरुवात गरेपछि हाजार्ड लयमा फर्केको अनुमान गरिएको थियो ।

जारी सिजनमा चेल्सीका पूर्व फरवार्डको त्यो दोस्रो चोट थियो । जसका कारण उनले सिजनका ५ खेल गुमाएका थिए । उनको अनुपस्थितिमा साख्तार डोनेस्कसँगको खेल रियलले गुमाएको थियो । हाजार्ड फर्कंदा प्रशिक्षक जिनेदिन जिदान खुसी हुनेछन् ।

लुका जोभिच पनि बुधबारको अभ्यासमा सामेल भएका थिए । कोभिड १९ र मासंपेशीको चोट कारण सर्बियन जोभिच नोभेम्बर ८ देखि उपलब्ध छैनन् ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.